१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

कतारमा मृत्युदण्ड सुनाइएको तीन वर्षपछि नेपाल फर्किए राउत

९ पुष २०८०, सोमबार ०२:५७

पुस ९, काठमाडौँ | रोजगारीका लागि कतार पुगेका झापा कन्काई नगरपालिका–४ त्रिवेणी टोलका सुभाष राउत आफ्नै कोठामा बस्ने साथीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाएको तीन वर्षपछि नेपाल फर्किएका छन् । उनी २० लाख रुपैयाँ ब्लडमनी तिरेर नेपाल फर्किएका हुन् ।

राउतलाई कतारको अदालतले तीन वर्ष पहिले आफ्नै कोठामा बस्ने खोटाङको ऐसेलुखर्क महेश्वरी गाउँका लामाकाजी राईको हत्या आरोपमा पक्राउ गरी मृत्युदण्डको फैसला सुनाएको थियो । सो घटनामा आफू निर्दोष रहेको उनको जिकिर थियो । तर, त्यहाँको अदालतले मृत्युदण्डको फैसला सुनाएपछि स्वीकार्नुबाहेक अर्को कुनै विकल्प थिएन ।

त्यसपछि उनको परिवारले हारगुहार गर्दै देशविदेशमा बस्ने नेपालीबाट ब्लडमनी संकलन अभियान सञ्चालन गरेको थियो ।

‘उनलाई कतारको अदालतले मृत्युदण्डको फैसला सुनाएपछि ब्लडमनी संकलन मृतक राईको परिवारलाई बुझाएपछि उनी केही दिनअघि नेपाल आइपुगेको कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । ‘सुरुमा परिवारले ९० लाख रुपैयाँ ब्लडमनीबापतको पैसा मागेको रहेछ,’ नगर प्रमुख पोखरेलले राजधानीसँग भने, ‘पछि परिवारसँग समन्वय गरी २० लाख रुपैयाँ बुझाएर नेपाल फर्काउन सफल भयौं ।’

आफ्नै कोठामा बस्ने साथीको हत्या अभियोगमा तीन वर्षदेखि मृत्युदण्ड कुरेर बसेका उनी साथीभाइ र छरछिमेकीको सहयोगमा अन्ततः नेपाल फर्किएका हुन् । हत्या हुने र आरोपी दुवै नेपाली भएकाले ब्लडमनी तिरेर नेपाल फर्काउन सहज भएको हो । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार