१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मानव तस्करी आरोपमा तीन सय भारतीय यात्रु सवार जहाज फ्रान्समा उतारियो

९ पुष २०८०, सोमबार ०८:१३

पुस ९, काठमाडौँ । संयुक्त अरब एमिरेट्सबाट ३०३ भारतीय यात्रु लिएर निकारागुआ गइरहेको एउटा जहाजलाई फ्रान्समा उतारिएको छ। 

उक्त जहाजलाई गत शुक्रबार नै फ्रान्समा उतारेर त्यहाँका अधिकारीहरूले छानबिन अघि बढाएका हुन्। 

समाचार अनुसार यस विमानलाई तीन दिनपछि मात्रै फ्रान्स छाड्ने अनुमति मिलेको छ। अब यो जहाजले सोमबार फ्रान्सबाट उडान भरेर निकारागुआका लागि जान पाउने सम्भावना छ।


फ्रान्सेली अधिकारीहरूले यस जहाजमार्फत मानव तस्करी भइरहेको सूचना पाएका थिए। त्यहीकारण यो जहाजलाई उतारेर जाँच गरिएको थियो।

फ्रान्सको चर्चित समाचार च्यानल बीएफएम टीभीका अनुसार रोमानियाको लिजेन्ड एयरलाइन्सको यस ए३४० जहाजलाई देश छाड्ने अनुमति दिएपछि अदालतले प्रक्रियामा त्रुटी भएको जनाउँदै सुनुवाइलाई रद्द गर्ने निर्णय सुनाएको छ। 

तर उता लिजेन्ड एयरलाइन्सले कुनै पनि मानव तस्करीको घटनामा आफ्नो संलग्नतालाई अस्वीकार गरेको छ। फ्रान्समा मानव तस्करीमा सहभागी भएको पाइए २० वर्षको जेल सजाय हुन्छ।

समाचार एजेन्सी पीटीआईका अनुसार फ्रान्सका चार न्यायाधीशले 'मानव तस्करी' को आशंकामा हिरासतमा लिइएका यात्रुसँग आइतबार सोधपुछ गरेको थियो। यो सोधपुछ पेरिसबाट १५० किलोमिटर पूर्वस्थित भ्याट्री विमानस्थलमा भएको थियो।

यस जहाजले स्थानीय समयअनुसार सोमबार बिहान फेरि उडान गर्ने अपेक्षा छ। तर यसको अझै टुंगो भएको छैन। यो जहाज अब भारत, निकारागुआ या दुबई कहीँ पनि जान सक्नेछ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार