२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

राम मन्दिरको उद्घाटनमा जनकपुरबाट कोसेली पठाउने विषयमा विवाद

२०८०, १० पुष मंगलवार ०६:४४

पुस १०, काठमाडौँ | भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको उद्घाटन समारोहमा जनकपुरबाट कोसेली पठाउने विषयमा विवाद उत्पन्न भएको छ। २२ जनवरीका दिन राम मन्दिरको उद्घाटन हुने भएपछि रामको ससुराली जनकपुरधामबाट पनि विभिन्न कोसेली पठाउने तयारी भइरहँदा जानकी मन्दिरका महन्थहरूबीच विवाद चुलिएको हो।

भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरको उद्घाटन हुने भएपछि रामको ससुराली जनकपुरधामबाट कपडा, फलफूलसहितका कोसेलीले भरिएका ११ सय थाल पठाउने तयारी भइरहेको थियो। तर, अब मन्दिरका मुख्य महन्थ राम तपेश्वर दास वैष्णवले कोसेली नपठाउने प्रतिक्रिया दिएका छन्।


तीन दिनअघि मन्दिरका छोटा महन्त रामरोशन दासले पत्रकार सम्मेलन गरी भारतको आयोध्यमा हुने राम मन्दिरको उद्घाटन समारोहमा रामको ससुराली जनकपुरधामबाट विभिन्न प्रकारका कोसेली पठाउने बताएका थिए।

जानकी मन्दिरबाट पठाइने भनिएको केसेलीमा मन्दिरको कुनै संग्लनता नरहेको मुख्य महन्त रामतपेश्वरले आइतवार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन्।

मन्दिरका दुई महन्थबीचको विवादका कारण अयोध्या कोसेली पठाउने वा नपठाउने विषयमा अन्यौल उत्पन्न भएको छ। -सुरेन्द्र यादव /नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी