२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

आकर्षक रोजगारीको प्रलोभनमा परी कुवेत पुगेका २५ नेपाली परे अलपत्र

१३ पुष २०८०, शुक्रबार ०३:२४

पुस १३, काठमाडौं | आकर्षक रोजगारीको प्रलोभनमा परी कुवेत पुगेका २५ नेपाली युवा अलपत्र परेका छन् । काठमाडौंमा रहेको राज गु्रप अफ म्यानपावरमार्फत् कुवेतको तावासेल कम फम कम्पनीमा करिब ३ देखि ५ महिनाअघि पुगेका उनीहरू सम्झौतानुसार काम र तलब नपाउँदा समस्यामा परेका हुन् ।

म्यानपावरलाई प्रतिव्यक्ति २ देखि २ लाख ५० हजार रुपैयाँसम्म तिरेर त्यहाँ पुगेका उनीहरू अहिले भनेनुसारको काम र तलब नपाउँदा समस्यामा परेको कुवेत पुगेका काभ्रेपलाञ्चोकका जीवन गौतमले जानकारी दिए ।

आफूहरूलाई करार सम्झौतामा कर लाइट ड्राइभर प्रतिमहिना ८ घण्टा २६ दिनको १ सय ४० केडी तलब सुविधा तोकिएको भए पनि अहिले यहाँ सम्झौतानुसारको काम र सेवा सुविधा नपाएको भन्दै उनले उद्धारका लागि अनुरोध गरेका छन् ।

एक भिडियो सार्वजनिक गर्दै पीडितहरूले श्रम सम्झौतानुसार दैनिक ८ घण्टा काम गर्नुपर्ने, सातामा ६ दिन काम गर्नुपर्ने, मेडिकल तथा बस्ने सुविधा कम्पनीले नै बेहोर्नुपर्ने र करार अवधि दुई वर्ष हुने भनेर आएको भए पनि कम्पनीले तीन वर्ष अनिवार्य काम गर्नुपर्छ भनेको उनीहरूले बताएका छन् ।

कम्पनीको नियमानुसार मासिक ४ सय ५० ट्रिप डेलिभरी पूरा गरे मात्र १ सय २० केडी मात्र तलब दिने, त्यो पूरा नगरे कुवेती दिनर शून्य दशमलव ४ फिल्स मात्र दिने, कम्पनीले लाइसेन्स निकालिदिएबापतको २ सय ८० केडी काट्ने र प्रतिमहिना ३५ केडी तिर्नुपर्ने र कुनै दुर्घटना भए त्यसको क्षतिपूर्ति पनि कामदार आफैंले भर्नुपर्ने कम्पनीले दबाब दिएको भन्दै उनीहरूले सम्झौताबमोजिम काम र तलब सुविधा नपाएकाले उद्धार गर्न अनुरोध गरेका हुन् । सम्झौतापत्रमा भने यस्तो नरहेको उनीहरूले बताएका छन् ।

‘हामीले विगत पाँच महिना अघिदेखि नै कम्पनी, म्यानपावर र कुवेतबाट भिसा पठाउने शेर्पा नामका एजेन्टलाई समस्या समाधान गर्न पहल गरिदिनुहोस् भन्दै आएका थियौं,’ जीवनले भने, ‘तर कम्पनी र म्यानपावारबाट हामी मिलाउँछौं समय दिनुहोस्, नआत्तिनुहोस् बिस्तारै सबै ठीक हुन्छ भनेको लामो समय भइसक्दा पनि समस्या समाधान भएन ।’

पाँच महिनाअघि त्यस कम्पनीमा पुगेका ११ जना नेपाली कुवेतस्थित नेपाली दूतावासमा पुगेर चार दिन बसी छलफल गरेको भए पनि हालसम्म कुनै सुनुवाइ नभएको उनको आरोप छ ।

सम्झौतानुसारको काम र तलब सुविधा दिलाउन दूतावासले पहल गर्ने यदि समस्या समाधान नभए पछि पुनः दूतावास आउने भने पनि अहिलेसम्म कुनै सुनवाइ नभएको उनले बताए । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ