१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

साउनयता बिदेसिनेमा दक्ष जनशक्ति बढी

१८ पुष २०८०, बुधबार ०७:२८

पुस १८, काठमाडौँ | स्वदेशमा रोजगारी नपाउँदा धेरै युवा बिदेसिने गरेका छन्। वैदेशिक रोजगारी नेपाली युवाका लागि रहर नभई बाध्यता हो। चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म मात्रै करिब तीन लाख युवा जनशक्ति रोजगारीका लागि बिदेसिएको छ।

यसरी बिदेसिएको जनशक्तिमा १ लाख ९५ हजार ४६५ दक्ष, ५७ हजार ६८९ अदक्ष र २३ हजार ६८३ अर्धदक्ष छ। यसै अवधिमा उच्च दक्षता भएका २३८ र व्यावसायिक कामका लागि ५१७ युवा वैदेशिक रोजगारीमा गएका छन्।  

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार नेपालबाट रोजगारीको खोजीमा विदेशी श्रम बजारमा जाने युवा जनशक्तिमा अधिकत्तर दक्ष छ।  


मुलुकमा अवसर नपाएपछि सुन्दर भविष्यको सपना बोकेर युवा जनशक्ति बिदेसिने क्रम जारी छ। वैदेशिक रोजगारीका लागि बिदेसिने नेपाली महिलामध्ये अधिकत्तर खाडी मुलुक जाने गरेको विभागका अधिकारी बताउँछन्।

गत मंसिरमा ७१ हजार २७६ युवा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेसिएका छन्। रोजगारीका लागि संस्थागत र व्यक्तिगत गरी दैनिक औसत २५ सयभन्दा बढी युवा बिदेसिएका छन्।

वैदेशिक रोजगारीलाई नियमन गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको विकल्प खोजिने बताउँदै आए पनि त्यस्तो हुन सकेको छैन। श्रम मन्त्रालयले वैदेशिक रोजगारीको विकल्पमा आन्तरिक श्रम बजारमै युवालाई रोजगारीको अवसर निर्माण गरिने बताए पनि तत्काल यो सम्भव नरहेको श्रमविज्ञ बताउँछन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार