2026-09-18 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

राष्ट्रिय सभा निर्वाचनः कसको प्रतिस्पर्धा कोसँग ?

पुस १९, काठमाडौं | राष्ट्रिय सभा सदस्यको निर्वाचन ११ माघमा हुँदै छ । प्रमुख दलहरू उम्मेदवार टुंगोसहित भागबन्डा र गठबन्धन गर्ने विषयमा एकअर्कासँग छलफलमा छन् । तर, सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने भएपछि कसको कोसँग प्रतिस्पर्धा हुने भन्ने प्रश्न उठेको छ ।

निर्वाचन मिति नजिकिँदै जाँदा सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलबीच गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने विषयमा छलफल सुरु भएको छ । यद्यपि, कुन मोडेलमा सिटको बाँडफाट गर्ने विषयमा ठोस प्रस्ताव नआएको नेताहरू बताउँछन् ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा मिल्नुपर्ने प्रस्ताव गरेका छन् ।

बुधबार प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच यस’दयगतमा त्रिपक्षीय छलफल भएको छ । बुधबार बिहान ठूला तीन दलका तीन नेताबीच छलफल भएपछि बुधबार दिउँसो नै सत्तारूढ गठबन्धनको बैठकमा यस विषयमा छलफल भयो । तर, गठबन्धनमा कुनै ठोस सहमति नभएको बताइएको छ । बैठकमा सहभागी जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवले सत्तारूढ गठबन्धनको बैठक निष्कर्षविहीन भएको बताउँदै बिहीबार बिहान पुनः छलफल हुने बताए ।

सत्तारूढ गठबन्धनको बैठक सकिएलगत्तै प्रचण्ड, देउवा र ओलीबीच पुनः दोस्रो चरणको छलफल भएको थियो । सोमबार र मंगलबार मा प्रचण्ड र ओलीबीच दुई पक्षीय छलफल भएको थियो । त्यसलगत्तै सो छलफलमा देउवा पनि सामेल भएका हुन् । ओलीले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय सभामा आफूहरूलाई ‘जिरो’ नबनाउन आग्रह गरेका थिए । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई