२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

प्रहरी हस्तान्तरणमा रहेका कानुनी बाधा फुकाउँदै संघीय सरकार

२०८०, २१ पुष शनिबार ०३:००

पुस २१, काठमाडौँ | प्रदेश सरकारहरूले लगातार दबाब बढाउन थालेपछि संघीय सरकारले प्रहरी हस्तान्तरणमा रहेका कानुनी बाधा फुकाउन छलफल थालेको छ । सातवटै प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्रीहरूले प्रहरी समायोजन नगरिए आन्दोलन गर्ने धम्की दिएपछि संघीय सरकार कानुनी व्यवस्था मिलाउन जुटेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रहरी समायोजन यथाशक्य छिटो टुङ्ग्याउन तयार भएको स्रोतले बतायो । 'संघीयतालाई बलियो बनाउन प्रहरी समायोजनको काम छिटो टुङ्ग्याउन गृहमन्त्री सहमत हुनुहुन्छ । प्रधानमन्त्रीसँग पनि यस विषयमा पर्याप्त छलफल भएपछि अहिले कानुनी बाधा फुकाउन अध्ययन भइरहेको छ,' गृहमन्त्री श्रेष्ठको सचिवालय स्रोतले भन्यो, 'अहिले गृह प्रशासन सुधार अध्ययन कार्यदल र मन्त्रालयकै आन्तरिक टिमले यसमा काम गरिरहेको छ ।'

गृह मन्त्रालयका सहसचिव एवं  प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रहरी समायोजनसँग सम्बन्धित कानुनको मस्यौदा निर्माण भइरहेको बताए । उनले भने, 'संघीय प्रहरी ऐन, प्रहरी कर्मचारी समायोजन ऐन संशोधन, स्थानीय प्रशासन ऐनलगायत प्रहरी समायोजनसँग अन्तरसम्बन्धित कानुनको एकैसाथ मस्यौदा भइरहेको छ ।' गृहमन्त्री श्रेष्ठले कानुनी मस्यौदा तयार गर्ने जिम्मा पूर्वमुख्यसचिव लीलामणि पौड्याल नेतृत्वको अध्ययन कार्यदललाई सुम्पिएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल