१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

प्रहरी हस्तान्तरणमा रहेका कानुनी बाधा फुकाउँदै संघीय सरकार

२१ पुष २०८०, शनिबार ०३:००

पुस २१, काठमाडौँ | प्रदेश सरकारहरूले लगातार दबाब बढाउन थालेपछि संघीय सरकारले प्रहरी हस्तान्तरणमा रहेका कानुनी बाधा फुकाउन छलफल थालेको छ । सातवटै प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्रीहरूले प्रहरी समायोजन नगरिए आन्दोलन गर्ने धम्की दिएपछि संघीय सरकार कानुनी व्यवस्था मिलाउन जुटेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रहरी समायोजन यथाशक्य छिटो टुङ्ग्याउन तयार भएको स्रोतले बतायो । 'संघीयतालाई बलियो बनाउन प्रहरी समायोजनको काम छिटो टुङ्ग्याउन गृहमन्त्री सहमत हुनुहुन्छ । प्रधानमन्त्रीसँग पनि यस विषयमा पर्याप्त छलफल भएपछि अहिले कानुनी बाधा फुकाउन अध्ययन भइरहेको छ,' गृहमन्त्री श्रेष्ठको सचिवालय स्रोतले भन्यो, 'अहिले गृह प्रशासन सुधार अध्ययन कार्यदल र मन्त्रालयकै आन्तरिक टिमले यसमा काम गरिरहेको छ ।'

गृह मन्त्रालयका सहसचिव एवं  प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रहरी समायोजनसँग सम्बन्धित कानुनको मस्यौदा निर्माण भइरहेको बताए । उनले भने, 'संघीय प्रहरी ऐन, प्रहरी कर्मचारी समायोजन ऐन संशोधन, स्थानीय प्रशासन ऐनलगायत प्रहरी समायोजनसँग अन्तरसम्बन्धित कानुनको एकैसाथ मस्यौदा भइरहेको छ ।' गृहमन्त्री श्रेष्ठले कानुनी मस्यौदा तयार गर्ने जिम्मा पूर्वमुख्यसचिव लीलामणि पौड्याल नेतृत्वको अध्ययन कार्यदललाई सुम्पिएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने