१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

मलेसियामा गैरकानुनी कामदारमाथि धडपकड तीव्र

२३ पुष २०८०, सोमबार ०५:४३

पुस २३, काठमाडौँ | मलेसियाले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेको छ । उसले पछिल्ला दिनमा बिनाभिसा लुकिछिपी बसेका नेपालीसहित विदेशी कामदार बसेको ठाउँमा छापा मार्दै दैनिक सयौं कामदारलाई पक्राउ गरिरहेको छ । मलेसियन प्रहरीले शुक्रबार कम्पुङ जालान केबुनमा रहेको रिसाइकल कारखानामा छापा मारेर चार महिलासहित सय विदेशीलाई पक्राउ गरेको हो ।


बुकित अमान सीआईडी एन्टी ट्राफिकिङ इन पर्सन एन्ड स्मगलिङ अफ माइग्रेट्स (एटिप्सम) डी ३ का प्रमुख सहायक निर्देशक सोफियान सान्टोङले सेलान्गोर श्रम विभाग र वातावरण विभागसँगको सहकार्यमा उनको युनिटले गरेको छापामारीमा ६० वर्षीय वृद्ध पनि भेटिएको बताए ।

‘इलेक्ट्रोनिक पार्टपुर्जाजस्ता वस्तु प्रशोधन गर्ने कारखाना सञ्चालनका लागि चिनियाँ नागरिकलाई भाडामा दिइने जग्गाको मालिक स्थानीय व्यक्ति भएको जनाएको छ, अन्य १८ देखि ३९ वर्षका थुनुवामा १९ चिनियाँ, म्यानमारका १०, बंगलादेशी ६१, नेपाली दुई र कम्बोडियाली आठ जना रहेका छन्,’ सहायक निर्देशक सान्टोङले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ