2026-09-18 09:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

बम्जनले भने– मेरा पछि विधर्मी विदेशी शक्ति लागिपरे

पुस २६, काठमाडौँ | कक्षा ५ सम्म पढेका रामबहादुर बम्जनसँग सम्मोहन गर्न सक्ने विलक्षण क्षमता छ। पक्राउपछि प्रहरीले उनीसँग सोधपुछ गरेको थियो। प्रहरीले यसक्रममा आश्रममा भएको बलात्कार, अनुयायी बेपत्ताजस्ता गम्भीर अपराधबारे केरकार गरेको थियो। उनले बयानमा घटनाको सहजै इन्कार गरेका थिए।

‘कसैलाई बलात्कार गरेको छैन। यौन दुराचार गरेको आरोप सरासर गलत हो। मेरो आश्रममा कोही बेपत्ता भएका छैनन्। यहाँले बेपत्ता भएका जसको नाम लिनुभयो, उनीहरूको जिम्मा म कसरी लिन सक्छु ? संसारमा दैनिक हजारौँ मान्छे बेपत्ता भएका होलान्, ती सबैको जिम्मा म लिन सक्छु ?’ उनको प्रतिप्रश्न थियो।

सोधपुछका क्रममा निर्धक्क देखिएका बम्जनले आफूलाई प्रहरीले खोजिरहेको थाहा नै नभएको बताए। ‘प्रहरीले खोजिरहेको छ भन्नेबारे थाहै थिएन। थाहा पाएको भए यहाँ हुन्न थिएँ। भागिसकेको हुन्थेँ,’ उनले भने। आफ्नो पछि विधर्मी विदेशी शक्ति लागेको प्रसंग पनि उनले बयानका क्रममा उप्काए।

विदेशी शक्ति आफूलाई बदनाम गराउन लागिपरेको उनको दाबी थियो। ‘म तपस्वी हुँ। मेरा पछि विधर्मी विदेशी शक्ति लागिपरेका छन्। उनीहरू मलाई बदनाम गराउन चाहन्छन्। ममाथि लागेका विभिन्न आरोप यसैका उदाहरण हुन्,’ उनले भने। आफूलाई पक्राउ गरेको सम्बन्धमा भने उनले प्रहरीलाई धन्यवाद दिए। पक्राउपछि आफ्नो कुरा राख्न पाएको भन्दै उनले खुसी व्यक्त गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई