२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सन्दीपलाई कहिलेसम्म पक्राउ गर्न मिल्दैन ?

२०८०, २६ पुष बिहीबार ०८:२३

पुस २६, काठमाडौँ | काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बुधवार ८ वर्ष कैद सजाय गर्‍यो । बलात्कार मुद्दामा यसअघि दोषी ठहर गरिएकामा अदालतले एक दिनअघि सजाय निर्धारण गरेको हो । सन्दीपले अब जिल्लाको फैसलाविरुद्ध पुनरावेदन गर्न सक्नेछन् ।

सन्दीप तत्काल थुनामा जानु पर्दैन । उनले थुनाबाहिर रहेर मुद्दा लड्न पाउनेछन् । तर यो थुनछेक आदेशमा धरौटी वा साधारण तारेखमा छुटेकाको हकमा मात्र लागु हुन्छ । थुनछेक आदेशले थुनामा रहेकाको हकमा थुनामै रहेर पुनरावेदन गर्नुपर्छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले अब फैसलाको पूर्ण पाठ तयार गर्नेछन् । पूर्ण पाठ तयार भएर प्रमाणीकरण भएपछि मात्र पुनरावेदन गर्ने बाटो खुल्छ । न्यायाधीशले पूर्ण पाठमा पुनरावेदनको म्याद विपक्षीलाई दिनु भन्ने उल्लेख गर्छन् । उक्त म्याद अदालतले विपक्षीलाई पठाउँछ ।

विपक्षीले म्याद बुझेपछि पुनरावेदनको बढीमा एक सय दिन (७० दिन नियमित म्याद र ३० दिन गुज्रेको म्याद थाम्ने)को म्याद सुरु हुन्छ । उक्त अवधिमा सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरिसक्नुपर्छ । त्यो अवधिमा पुनरावेदन नगरेमा सन्दीपले जिल्ला अदालतको फैसला स्वीकार गरेको ठहरिन्छ र त्यसपछि उनी जति बेला पनि पक्राउ पर्न सक्छन् ।

उच्च अदालतले जिल्लाकै फैसला सदर गर्यो वा संशोधनसहित कसुरदार ठहर गर्‍यो भने पनि सन्दीप तत्काल पक्राउ पर्ने छैनन । त्यस्तो अवस्थामा उच्च अदालतले फैसलाको पूर्ण पाठ तयार गरेर प्रमाणीकरण भएपछि सन्दीपले दोहोर्‍याई पाऊँको निवेदन सर्वोच्च अदालतमा दिन पाउँछन्।

सर्वोच्च अदालतले अनुमति दिएमा उसले फैसला नगर्दासम्म सन्दीप पक्राउ पर्ने छैनन् । तर दोहोर्‍याई पाउँको निवेदनमा अदालतबाट अनुमति नभएमा सन्दीपलाई तत्काल पक्राउ गर्ने बाटो खुल्ने छ ।

उच्च अदालतले गरेको फैसला, फैसला भएको मितिले एक वर्षपछि स्वत: थाहा पाएको मानिने व्यवस्था छ । तर अदालतबाट फैसला थाहा पाएको मितिले सर्वोच्च जानका लागि करिब २ महिनाको समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी