१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सन्दीपलाई कहिलेसम्म पक्राउ गर्न मिल्दैन ?

२६ पुष २०८०, बिहीबार ०८:२३

पुस २६, काठमाडौँ | काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बुधवार ८ वर्ष कैद सजाय गर्‍यो । बलात्कार मुद्दामा यसअघि दोषी ठहर गरिएकामा अदालतले एक दिनअघि सजाय निर्धारण गरेको हो । सन्दीपले अब जिल्लाको फैसलाविरुद्ध पुनरावेदन गर्न सक्नेछन् ।

सन्दीप तत्काल थुनामा जानु पर्दैन । उनले थुनाबाहिर रहेर मुद्दा लड्न पाउनेछन् । तर यो थुनछेक आदेशमा धरौटी वा साधारण तारेखमा छुटेकाको हकमा मात्र लागु हुन्छ । थुनछेक आदेशले थुनामा रहेकाको हकमा थुनामै रहेर पुनरावेदन गर्नुपर्छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले अब फैसलाको पूर्ण पाठ तयार गर्नेछन् । पूर्ण पाठ तयार भएर प्रमाणीकरण भएपछि मात्र पुनरावेदन गर्ने बाटो खुल्छ । न्यायाधीशले पूर्ण पाठमा पुनरावेदनको म्याद विपक्षीलाई दिनु भन्ने उल्लेख गर्छन् । उक्त म्याद अदालतले विपक्षीलाई पठाउँछ ।

विपक्षीले म्याद बुझेपछि पुनरावेदनको बढीमा एक सय दिन (७० दिन नियमित म्याद र ३० दिन गुज्रेको म्याद थाम्ने)को म्याद सुरु हुन्छ । उक्त अवधिमा सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरिसक्नुपर्छ । त्यो अवधिमा पुनरावेदन नगरेमा सन्दीपले जिल्ला अदालतको फैसला स्वीकार गरेको ठहरिन्छ र त्यसपछि उनी जति बेला पनि पक्राउ पर्न सक्छन् ।

उच्च अदालतले जिल्लाकै फैसला सदर गर्यो वा संशोधनसहित कसुरदार ठहर गर्‍यो भने पनि सन्दीप तत्काल पक्राउ पर्ने छैनन । त्यस्तो अवस्थामा उच्च अदालतले फैसलाको पूर्ण पाठ तयार गरेर प्रमाणीकरण भएपछि सन्दीपले दोहोर्‍याई पाऊँको निवेदन सर्वोच्च अदालतमा दिन पाउँछन्।

सर्वोच्च अदालतले अनुमति दिएमा उसले फैसला नगर्दासम्म सन्दीप पक्राउ पर्ने छैनन् । तर दोहोर्‍याई पाउँको निवेदनमा अदालतबाट अनुमति नभएमा सन्दीपलाई तत्काल पक्राउ गर्ने बाटो खुल्ने छ ।

उच्च अदालतले गरेको फैसला, फैसला भएको मितिले एक वर्षपछि स्वत: थाहा पाएको मानिने व्यवस्था छ । तर अदालतबाट फैसला थाहा पाएको मितिले सर्वोच्च जानका लागि करिब २ महिनाको समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो