2026-09-18 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

जर्मनीबाट आयो ६ लाख थान लाइसेन्स

पुस २८, काठमाडौँ | कार्ड अभावले चालक अनुमति पत्र (लाइसेन्स) जारी गर्न नसकिरहेको अवस्थामा ६ लाख थान कार्ड जर्मनीबाट आएपछि यातायात व्यवस्था विभागलाई राहत मिलेको छ । जर्मनीको म्युह्लवार कम्पनीबाट शुक्रबार बिहान लाइसेन्स कार्ड आइपुगेको विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताएका हुन् । 

विभागसँग करिब ४५ हजार मात्र कार्ड भएको अवस्थामा थप ६ लाख थान आएपछि वितरण खुकुलो पारिनेछ । पर्याप्त कार्ड नभएकाले ६ महिनायता सीमित मात्रामा लाइसेन्स वितरण गरिँदै आएको छ । प्राप्त कार्ड पर्याप्त भने होइनन् । परीक्षा उत्तीर्ण गरी नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेको सङ्ख्या १४ लाख ५८ हजार पुगेको छ ।

म्युह्लवार कम्पनीले १२ लाख कार्ड छाप्ने ठेक्का यातायात व्यवस्थाबाट पाएको छ । जसमध्ये ६ लाख कार्ड पहिलो चरणमा शुक्रबार आइपुगेका हुन् । बाँकी ६ लाख कार्ड ४५ दिनभित्र आइपुग्ने विभागले जनाएको छ | यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई