कात्तिक १, गोवा (भारत)। उदाउँदो अर्थतन्त्र भनेर मानिने देशहरु ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकासम्बद्ध संगठन, ब्रिक्सको आठौं सम्मेलन भारतका गोवामा आइतबार सम्पन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १, गोवा (भारत)। उदाउँदो अर्थतन्त्र भनेर मानिने देशहरु ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकासम्बद्ध संगठन, ब्रिक्सको आठौं सम्मेलन भारतका गोवामा आइतबार सम्पन"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सम्पन्न, अर्काे सम्मेलन चीनमा हुने

१ कार्तिक २०७३, सोमबार ०७:०९

कात्तिक १, गोवा (भारत)। उदाउँदो अर्थतन्त्र भनेर मानिने देशहरु ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकासम्बद्ध संगठन, ब्रिक्सको आठौं सम्मेलन भारतका गोवामा आइतबार सम्पन्न भएको छ । 

सो सम्मेलन यही अक्टोबार १५ र १६ मा भारतको गोवामा भएको थियो । उक्त सम्मेलनले गोवा घोषणापत्र पनि जारी गरेको छ । 

बिमस्टेक र ब्रिक्सका नेताहरुको संयुक्त यस घोषणापत्रमा विश्वमा सुशासन, साझेदारी, लगानी प्रवर्धन एवम् संयुक्त लगानीका साथै आर्थिक विकासका क्षेत्रमा विश्वमा सहयोग पुर्यान सकिने विषय सो घोषणापत्रमा समेटिएको छ । 

चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग, रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, ब्राजिलियन राष्ट्रपति माइकेल टेमर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दक्षिण अफ्रिकी राष्टपति ज्याकोब जुमा सो सम्मेलनमा सहभागी हुनुहुन्थ्यो । 

सो सम्मेलनमा आर्थिक क्षेत्रको बिकासका साथै सामुहिक विकासका अवसरहरुको खोजी हुनुका साथै विभिन्न क्षेत्रमा भएको सहयोग र समन्वयका बारेमा व्यापक मात्रामा छलफल भएको थियो । 

सो घोषणापत्रमा संयुक्त राष्ट्रसंघको सन् २०३० दिगो विकास सम्बन्धी लक्ष हासिल गर्नका लागि विकासशील देशहरुलाई विकासित देशले सहयोग गर्ने भनेको प्रतिबद्धता बमोजिम काम गर्न पनि आग्रह गरिएको छ । 

त्यस घोषणा पत्रमा गएको एक दशकमा यस संगठनका लागि सहयोग गरेकोमा संयुक्त राष्टसंघका महासचिव बान कि मुनलाई विशेष धन्यवाद पनि ज्ञापन गरिएको छ । 

त्यसैगरी आगामी कार्यकालका लागि संयुक्त राष्टसंघको महासचिवमा नियुक्त हुनुभएका एन्टोनियो गुटेर्रेस लाई सो घोषणापत्रमार्फत बधाई ज्ञापन पनि गरिएको छ । 

वर्तमान महाचिव बान की मुनको कार्यकाल यही डिसेम्बर ३१ मा सकिएपछि सन् २०१७ जनवरी एकदेखि गुटेर्रेसले महासचिवको जिम्मेवारी सम्हाल्नु हुनेछ । उहाँले यसअघि राष्ट्रसङ्घ शरणार्थी आयोगको प्रमुखको जिम्मेवारी पनि निभाउनुभएको थियो । 

आपसी हितको प्रवर्धन र सहयोग एव्म समन्वयलाई अघि बढाउन जि२० संगठनसँगको सहकार्यलाई अघि बढाउन पनि उक्त घोषणा पत्रले प्रतिबद्धता व्यक्त गरेको छ । 

सो घोषणा पत्रले ब्रिक्स राष्ट्रहरुमा हालै भएका भनिएका कतिपय आतङ्कवादी हमलाहरुको निन्दागर्दै सबैखाले आतङ्कवादी क्रियाकलापहरुको कडा शब्दमा निन्दा गरेको छ । 

यस घोषणापत्रमा वातावरणीय संरक्षण एवम् जलवायु परिवर्तनको असर कमगर्ने विषयमा हालै गरिएको पेरिस सम्झौताको पनि स्वागत गरेको छ । 

यस संगठनको आगामी, नवौँ सम्मेलन चीनमा आयोजना गरिने भएको र यसका लागि चीनलाई विशेष धन्यवाद पनि ज्ञापन गरिएको छ । 

ब्रिक्स्को यस आठौँ सम्मेलनमा विभिन्न देशका नेताहरुले आ आफ्ना देशका द्धिपक्षीय हित र मामिलामा पनि आपसमा कुराकानी गर्ने अवसर पाएका थिए । रासस÷ सिन्ह्वा  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत