कात्तिक १, गोवा (भारत)। उदाउँदो अर्थतन्त्र भनेर मानिने देशहरु ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकासम्बद्ध संगठन, ब्रिक्सको आठौं सम्मेलन भारतका गोवामा आइतबार सम्पन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १, गोवा (भारत)। उदाउँदो अर्थतन्त्र भनेर मानिने देशहरु ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकासम्बद्ध संगठन, ब्रिक्सको आठौं सम्मेलन भारतका गोवामा आइतबार सम्पन"/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सम्पन्न, अर्काे सम्मेलन चीनमा हुने

२०७३, १ कार्तिक सोमबार ०७:०९

कात्तिक १, गोवा (भारत)। उदाउँदो अर्थतन्त्र भनेर मानिने देशहरु ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकासम्बद्ध संगठन, ब्रिक्सको आठौं सम्मेलन भारतका गोवामा आइतबार सम्पन्न भएको छ । 

सो सम्मेलन यही अक्टोबार १५ र १६ मा भारतको गोवामा भएको थियो । उक्त सम्मेलनले गोवा घोषणापत्र पनि जारी गरेको छ । 

बिमस्टेक र ब्रिक्सका नेताहरुको संयुक्त यस घोषणापत्रमा विश्वमा सुशासन, साझेदारी, लगानी प्रवर्धन एवम् संयुक्त लगानीका साथै आर्थिक विकासका क्षेत्रमा विश्वमा सहयोग पुर्यान सकिने विषय सो घोषणापत्रमा समेटिएको छ । 

चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग, रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, ब्राजिलियन राष्ट्रपति माइकेल टेमर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दक्षिण अफ्रिकी राष्टपति ज्याकोब जुमा सो सम्मेलनमा सहभागी हुनुहुन्थ्यो । 

सो सम्मेलनमा आर्थिक क्षेत्रको बिकासका साथै सामुहिक विकासका अवसरहरुको खोजी हुनुका साथै विभिन्न क्षेत्रमा भएको सहयोग र समन्वयका बारेमा व्यापक मात्रामा छलफल भएको थियो । 

सो घोषणापत्रमा संयुक्त राष्ट्रसंघको सन् २०३० दिगो विकास सम्बन्धी लक्ष हासिल गर्नका लागि विकासशील देशहरुलाई विकासित देशले सहयोग गर्ने भनेको प्रतिबद्धता बमोजिम काम गर्न पनि आग्रह गरिएको छ । 

त्यस घोषणा पत्रमा गएको एक दशकमा यस संगठनका लागि सहयोग गरेकोमा संयुक्त राष्टसंघका महासचिव बान कि मुनलाई विशेष धन्यवाद पनि ज्ञापन गरिएको छ । 

त्यसैगरी आगामी कार्यकालका लागि संयुक्त राष्टसंघको महासचिवमा नियुक्त हुनुभएका एन्टोनियो गुटेर्रेस लाई सो घोषणापत्रमार्फत बधाई ज्ञापन पनि गरिएको छ । 

वर्तमान महाचिव बान की मुनको कार्यकाल यही डिसेम्बर ३१ मा सकिएपछि सन् २०१७ जनवरी एकदेखि गुटेर्रेसले महासचिवको जिम्मेवारी सम्हाल्नु हुनेछ । उहाँले यसअघि राष्ट्रसङ्घ शरणार्थी आयोगको प्रमुखको जिम्मेवारी पनि निभाउनुभएको थियो । 

आपसी हितको प्रवर्धन र सहयोग एव्म समन्वयलाई अघि बढाउन जि२० संगठनसँगको सहकार्यलाई अघि बढाउन पनि उक्त घोषणा पत्रले प्रतिबद्धता व्यक्त गरेको छ । 

सो घोषणा पत्रले ब्रिक्स राष्ट्रहरुमा हालै भएका भनिएका कतिपय आतङ्कवादी हमलाहरुको निन्दागर्दै सबैखाले आतङ्कवादी क्रियाकलापहरुको कडा शब्दमा निन्दा गरेको छ । 

यस घोषणापत्रमा वातावरणीय संरक्षण एवम् जलवायु परिवर्तनको असर कमगर्ने विषयमा हालै गरिएको पेरिस सम्झौताको पनि स्वागत गरेको छ । 

यस संगठनको आगामी, नवौँ सम्मेलन चीनमा आयोजना गरिने भएको र यसका लागि चीनलाई विशेष धन्यवाद पनि ज्ञापन गरिएको छ । 

ब्रिक्स्को यस आठौँ सम्मेलनमा विभिन्न देशका नेताहरुले आ आफ्ना देशका द्धिपक्षीय हित र मामिलामा पनि आपसमा कुराकानी गर्ने अवसर पाएका थिए । रासस÷ सिन्ह्वा  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा