2026-10-29 04:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामको डुङ्गा दुर्घटनाका मृतकलाई एक/एक लाख राहत

कात्तिक १, इलाम । इलामको दानाबारी र महमाईबीचको माईखोलाको चन्डालघाटमा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक/एक लाखका दरले राहत उपलब्ध गराइने भएको छ । 

जिल्लास्तरीय दैवीप्रकोप उद्धार समितिले प्रतिमृतक रु एक लाखका दरले काजकिरिया खर्च र राहत उपलब्ध गराउने भएको हो । 

समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा आइतबार बसेको बैठकले भविष्यमा यस्ता दुर्घटना हुन नदिन जिविसको समन्वयमा स्थानीय गाविसले डुङ्गा सञ्चालनसम्बन्धी स्पष्ट मापदण्ड तयार गरी अनिवार्य रूपमा लागू गर्न निर्देशन दिने पनि निर्णय गरेको छ ।

चन्डालघाटमा निर्माणाधीन रहेका छुट्टाछुट्टै झोलुङ्गे पुल र पक्की पुल यथाशीघ्र चाँडो निर्माणका लागि पहल गर्ने पनि निर्णय गरेको छ । 

बैठकमा सहभागी निमित्त स्थानीय विकास अधिकारीसमेत रहनुभएका योजना अनुगमन तथा प्रशासकीय अधिकृत छविलाल खतिवडाका अनुसार दुवै पुल छिटो निर्माण सम्पन्न गर्न र गराउनका लागि पूर्व प्रधानमन्त्री, पूर्व सभामुख, व्यवस्थापिका–संसद्मा इलामबाट प्रतिनिधित्व गर्ने सांसद र मन्त्रालयमार्फत पुलका ठेकेदार कम्पनीलाई पहल गर्ने सहमति बैठकले गरेको हो । 

गत असोज २५ गते विजयादशमीको दिन महमाई–३ मा पहिरोसँगै झरेको रूखले किचेर मृत्यु भएका दुईजनाको परिवारलाई पनि रु एक÷एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको प्रजिअ दाहालले जानकारी दिनुभयो । 

डुङ्गा दुर्घटनामा हराएकामध्ये आठजनाको शव फेला परिसकेको छ र सातजनाको सनाखत भइसकेको छ । घटनास्थलमा गरिएको प्रारम्भिक अध्ययनले डुङ्गामा ४२ जना यात्रु चढेको पुष्टि भएको र यात्रुबाहेक केही मोटरसाइकल र सामान पनि रहेकाले ढुङ्गा धेरै भार थेग्न नसकेर दुर्घटना भएको अनुमान गरिएको प्रहरी उपरीक्षक सुशीलकुमार यादवले बताउनुभयो । 

डुङ्गाका यात्रुले लगाउने १५ थान लाइफ ज्याकेट र खोला तर्न मिल्ने गाडीको ट्युब डुङ्गा सञ्चालकहरूलाई उपलब्ध गराइएको छ । 

जिविस र गाविसको पहलमा सुरक्षा निकायबाट प्राप्त भएका ती लाइफ ज्याकेट र ट्युब उपलब्ध गराइएको हो । आगामी दिनमा हरेक यात्रुले लाइफ ज्याकेट लगाएरमात्र डुङ्गामा सवार गर्न र गराउन पनि निर्देशन गरिएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने