१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

यूएईमा नेपाली बिरामी हुँदा उपचारै गर्दैनन् रोजगारदाता

१३ माघ २०८०, शनिबार ०३:०५

माघ १३, काठमाडौं | राम्रो कमाइ हुने प्रलोभनमा परेर करिब पाँच महिनाअघि मात्र रोजगारीका लागि माईजोगमाई–४ साबिक हात्तीटार नामसालिङ इलामका सुकबहादुर लिम्बु संयुक्त अरब इमिरेट्स (यूएई) पुगे । काठमाडौंको अल सेक्युर म्यानपावर कम्पनीमार्फत त्यहाँ पुगेका लिम्बु १५ दिनदेखि बिरामी छन् ।

यूएईको ग्रिन स्याडो सेक्युरेटी सर्भिस कम्पनीमा कार्यरत उनी बिरामी भएर त्यहाँको अल खवानिज–२ जेएफएम क्याम्पमा उपचार तथा उद्धारको पर्खाइमा छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै भनेका छन्, ‘म १५ दिनदेखि असक्त रूपमा बिरामी परेको छु, कम्पनीले आफैँ उपचार गर भन्छ, अघिल्लो महिनाको तलब १ रुपैयाँ पनि दिएन, खानलाई त पैसा छैन, कसरी उपचार गर्ने ?’

‘१५ दिनजति भयो, तातो पानी र ब्रट घोलेर जबर्जस्ती खाएर सास जोगाएको छु, मलाई यहाँबाट उद्धार गर्नुहोस्, क्लिनिकमा जाँदा यहाँ उपचार हुँदैन, अस्पताल गएर शल्यक्रिया गर भन्छ, न कम्पनीले तलब दिन्छ न त उपचार नै गर्छ, म यतिकै मर्ने भएँ,’ उनले लेखेका छन्, ‘बिन्ती गर्छु, मलाई सहयोग गर्नुहोस्, यहाँ मेरो खोक्रो शरीर मात्र भएको छ, कम्पनीले घर जान दिँदैन, क्यान्सिल गर घर जान्छु भन्दा कुरै सुन्दैन अब म के गर्नु ? कसरी नेपाल फर्किनु ?’

लिम्बूले ‘नेपालमा रहेको म्यानपावरलाई सम्पर्क गर्दा हामी कम्पनीसँग कुरा गर्छौं भन्ने मात्र गरेको’ भन्दै ‘आफ्नो अवस्था झनझन् नाजुक हुँदै गरेकाले तत्काल उद्धार गरी स्वदेश फर्काउन’ नेपाल सरकार, त्यहाँस्थित नेपाली दूतावास र त्यहाँ रहेका क्रियाशील नेपाली संघसंस्थालाई अपिल गरेका छन् ।

उनले आफ्नो अवस्था बुझ्न अल खवानिज–२ जेएफएम क्याम्पमा आउनसमेत अनुरोध गरेका छन् । यता, उनलाई पठाउने एजेन्ट भिम देवान भन्छन्, ‘त्यो भाइ बिरामी भएको जानकारी पाएका छौं, म्यानपावरका डाइरेक्टर राज कार्कीले कम्पनीसँग कुरा गरेर उतै उपचार सम्भव भए गराउने नभए नेपाल फिर्ता ल्याउन पहल गर्नेछौं ।’ यो समाचार राजधानी दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक