२०८३, ४ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

चौधरीलाई जग्गा फिर्ता गर्न २१ दिनको समय

२०८०, २६ माघ शुक्रबार ०७:२६

माघ २६, काठमाडौँ | अर्बपति व्यापारिक घराना चौधरी ग्रुपले हडपेको तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ताका लागि २१ दिने पत्राचार गरिएको छ।

मालपोत कार्यालय डिल्लीबजारले बुधबार साँझ सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पत्राचार गर्दै २१ दिनभित्र जग्गा फिर्ता मालपोत कार्यालयमा उपस्थित हुन पत्राचार गरेको छ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूमिसुधार सचिव, भूमि व्यवस्था विभागका महानिर्देशक र मालपोत कार्यालयका प्रमुखलाई पटक–पटक निर्देशन दिएपछि चौधरी ग्रुपलाई कब्जा गरेको जग्गा फिर्ता गर्न समय तोकिएको हो। ‘गृहमन्त्रीको आदेशमा पटक–पटक बसेको बैठकबाट जग्गा फिर्ताको प्रक्रिया अघि बढेको हो,’ मालपोत उच्च स्रोतले भन्यो।

मालपोत अधिकृत बोगराज शर्मा कट्टेलले च्याम्पियन फुटवेयर प्रालि र हालको चाँदबाग रेसिडेन्सी प्रालिको नाममा पत्राचार गर्दै २१ दिनभित्र उपस्थित नभए कानुनबमोजिन हुने उल्लेख गरिएको छ। सो पत्र चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरले बुझेका छन्।

करिब ३६ वर्षदेखि चौधरी ग्रुपले भोगचलन गरिरहेको १० रोपनी जग्गामा सिआइबीले केही महिनायता अनुसन्धान गर्दै आएको थियो। गत साता सिआइबीले चौधरी ग्रुपका अरूण चौधरीसँगै बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेर बुधबार हाजिर जमानीमा छाडेको थियो।

प्रहरीका अनुसार चौधरी र थापाको मिलेमतोमा सरकारी जग्गा व्यक्तिको भोगचलनमा पुगेको निष्कर्ष निस्किएपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। वरिष्ठ मुटु सर्जन डा. भगवान् कोइरालाको पुस्तक ‘हृदय’ सार्वजनिक भएपछि बाँसबारी छाला जुत्ता प्रकरण बाहिर आएको थियो।

२०७९ भदौ २५ गते सार्वजनिक भएको पुस्तकको ‘पुरानो बाँसबारीको जग्गा बाँडफाँटमा झमेला’ शीर्षकमा डा. कोइरालाले लेखेका छन्, ‘२०५८ सालमा म त्यहाँ (गंगालाल हृदय केन्द्र) जाँदा तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाका नाममा रहेको जग्गा छरपस्ट भइसकेको थियो।

मुख्य कम्पाउन्डभित्रको जग्गा गंगालालको भोगचलनमा आइसकेको थियो। दक्षिणपट्टिको जग्गामध्ये १० रोपनी तत्कालीन च्याम्पियन सु फ्याक्ट्रीको नाममा गइसकेको रहेछ।’ पुस्तकमा समावेश गरिएको सोही अंशका कारण यो प्रकरण बाहिर आएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन