२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यसरी अन्त्य भयो रेडियोबाट सुरू भएको कुमार-पर्मिलाको प्रेम सम्बन्ध

२०८०, १ फाल्गुन मंगलवार ०६:२६

फागुन १, काठमाडौँ | माघ २७ गते साँझ।काठमाडौं महानगरपालिका-९ गौशाला रुन्चेडाँडास्थित सिरहा-धनुषा होटल एन्ड लज। लजको पश्चिमतर्फको कोठा नम्बर १०८।

जिल्ला प्रहरी परिसर काठमाडौंको कन्ट्रोल रुममा खबर आयो – एक जना अपरिचित महिलाको शव फेला पर्‍यो। प्रहरी ६ बजे लजमा पुगिहाल्यो। प्रहरी टोली पुग्दा २८ वर्षीया पर्मिला दमाईको शव कोठामा भेटियो।

घटना अघिल्लो दिन बेलुका भएको थियो। कोठा नखुलेपछि भोलिपल्ट होटल सञ्चालकले शंका लागेर खोल्दा पर्मिला मृत अवस्थामा फेला परेकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्रबहादुर खत्रीका अनुसार पर्मिला दमाईको घर रामेछाप लिखु तामाकोसी गाउँपालिका-५ हो। उनी काठमाडौं-९ भीमसेनगोलामा श्रीमान् नसे दमाईसँग डेरा गरी बस्दै आएकी थिइन्।


३८ वर्षीय कुमार दोलखा बैतेश्चर गाउँपालिका-७ का हुन्। उनी रामेछापमै भएको बेला २०७९ सालमा कुमारसँग चिनजान भएको थियो। २०६९ साल मंसिरमा रेडियो हिमाली दोलखाद्वारा प्रसारित ‘साथी बनाउने रेडियो कार्यक्रम’मार्फत् कुमार श्रेष्ठसँग चिनजान भएको थियो। चिनजानपछि दुबै घनिष्टता बढ्दै गयो। दुबै विवाहित र सन्तानसमेत भएको थाहा भए पनि उनीहरूबीच प्रेम सम्बन्ध स्थापित भएको खत्री बताउँछन्।

यसक्रममा कुमार पर्मिलालाई भेट्न २०७९ साल पुस महिनामा रामेछाप पुगे, जतिबेला पर्मिलाका श्रीमान् नसे काठमाडौं आएका थिए। त्यसबेला पर्मिलाको घरमा कुमार एक हप्ता बसेका थिए। यसपछि पनि पर्मिलालाई भेट्न कुमार पटक-पटक रामेछाप गइरहे। ‘कुमार समय समयमा पर्मिलालाई भेट्न जाने गरेका थिए, नसे दमाईलाई शंका लागेपछि  कुमार र पर्मिलाबीचको प्रेम सम्बन्ध बाहिर आएको  थियो,’ एसएसपी खत्रीले भने।

त्यसपछि दुबै पक्ष बसे। एक-अर्काको पारिवारिक सम्बन्धमा खलल नपुर्‍याउने सहमति गरी श्रीमती सविनाले कुमारको र नसेले पर्मिलाको जिम्मा लिएर लगेका थिए। ‘प्रेम सम्बन्धको क्रममा दुई परिवारबीच वादविवादसमेत भएको देखिन्छ, २०८० मंसिर ७ गते दुबै पक्षले इलाका प्रहरी कार्यालय रामेछापमा मिलापत्र गरेको फेला परेको छ,’ खत्रीले भने।

यसपछि नसेले पर्मिलालाई रामेछापमा नराख्ने निधो गरे। गत मंसिर महिनामा नसेले श्रीमती पर्मिलालाई काठमाडौं ल्याए। उनी भीमसेनगोलाको सुकुम्बासी बस्तीमा एक छोरासहित बस्दै आएका थिए। प्रेममा परेका न थिए, सम्पर्क भइहाल्यो। कुमारले पर्मिला काठमाडौं आएको थाहा पाइहाले।

गत पुसमा कुमार दोलखाबाट काठमाडौं आए।  बुद्धनगर लक्ष्मीचोकस्थित डेरामा कुमार आफ्नी जेठी छोरी सन्ध्या श्रेष्ठसँग बस्न थाले। जता बसे पनि जता रहे पनि, आखिर प्रेम न हो। कसरी छुटिन सक्थे र कुमार-पर्मिला।

गत पुस महिनादेखि दुबै जना आफूखुसी भक्तपुर लोकन्थीमा डेरा खोजेर लिभिङ टुगेदरमा बस्न थाले। यही क्रममा कुमार घरायसी कामले पुस २८ गते दोलखा गए। पर्मिलालाई भने उनले श्रीमान् नसे दमाईकै कोठामा फर्काइदिए।

कुमार दोलखाबाट माघ ४ गते काठमाडौं पर्किए। उनीहरूबीच पुन: भेटघाट हुन थाल्यो। यही क्रममा माघ २४ गते सिरहा-धनुषा होटल एन्ड लजको कोठा नम्बर १०८ मा दिउँसो २ बजे कुमार र पर्मिला गए। यस क्रममा पर्मिलाले कुमारलाई भनिन् – सधैं यसरी बाहिर बसेर मात्र हुँदैन। अब विवाह गरेर भित्र्याउनू।

तर, कुमारले सिधै इन्कार गरे। आफ्नी श्रीमती सविनाका कारण त्यसो गर्न नसक्ने भन्दै आफू तनावपूर्ण स्थितिमा रहेको बताए। यस्तै गलफत्तीमा त्यो दिन बित्यो। उनीहरू आ-आफ्नो स्थानमा फर्किए।

फेरि उनीहरू माघ २६ गते भेटघाटको निर्णयमा पुगे। स्थान त्यही होटल र कोठा नम्बर १०८ मै बसे। लजमा सँगै बसेका बेला प्रेम सम्बन्धलाई कुन दिशा दिने विषयमा दुबैबीच वादविवाद हुन थाल्यो।

वादविवाद हातपातमा परिणत हुँदै गयो। यस क्रममा कुमारले पर्मिलाको बायाँतर्फको कन्चटमा मुक्का प्रहार गरे। मुक्का प्रहार गरेपछि पर्मिला ढलिन्।

पर्मिलाले हल्का गरेर मान्छे बोलाउने डर लागेपछि कुमारले नाइलनको डोरीले पर्मिलाको घाँटी कसे। पर्मिलाको प्राण गएपछि त्यही कोठाको खाटमा राखे।

उनी भने बेलुका साढे ७ बजे गेष्ट हाउसबाट हिँडे। पर्मिलाको मोबाइलसमेत लिएर उनी भागेका थिए। लुकेर बस्ने क्रममा परिसरले माघ २८ गते दिउँसो साढे २ बजे बुद्धनगरस्थित लक्ष्मी चोकबाट कुमारलाई पक्राउ गरेको थियो।

उनको साथबाट पर्मिलाको मोबाइल सेट र घटना हुँदा च्यातिएको टि-सर्ट बरामद भएको खत्रीले बताए। ‘मार्ने नियतले कुमारले बोलाएको देखिँदैन, वादविवाद हुँदै हातपातको स्थितिमा पुगेको देखिन्छ,  आकस्मिक रूपमा मुक्का प्रहारपछि परिस्थितिलाई सम्हाल्न नसकेर कुमार हठात् हत्याको निर्णयमा पुग्छन्,’ खत्रीले भने।

प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी कुमारलाई सार्वजनिक गर्‍यो। खत्रीका अनुसार दुबैले आफ्नो परिचय लुकाएर होटलमा नाम टिपाएका थिए। पर्मिलाको शव फेला परेको बेला प्रहरीले उनको हत्या गर्ने कुमार थिए भन्ने सुरूमा पत्तै पाएन।

प्रहरीले सिसिटिभी फुटेज हेर्‍यो। कुमार र पर्मिलाले टिपाएको मोबाइल नम्बर अनुसन्धान गर्न थाल्यो। यसपछि पर्मिला र कुमारका परिवारसँग सम्पर्क भयो।पर्मिलाका श्रीमान् नसेसँग कुराकानी हुँदा कुमार-पर्मिलाको सम्बन्धबारे प्रहरी स्पष्ट हुँदै गयो।

कुमारलाई प्रहरीले कर्तव्य ज्यानमुद्दामा अनुसन्धान गरिरहेको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित