कात्तिक ३, ललितपुर । राष्ट्रिय ख्रिस्टियन महासङ्घले ख्रिस्टमसमा दिँदै आएको सार्वजनिक बिदा सरकारले कटौती गरेकोमा असहमति जाहेर गरेको छ । 

राष्ट्रिय मानव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३, ललितपुर । राष्ट्रिय ख्रिस्टियन महासङ्घले ख्रिस्टमसमा दिँदै आएको सार्वजनिक बिदा सरकारले कटौती गरेकोमा असहमति जाहेर गरेको छ । 

राष्ट्रिय मानव"/>

2026-06-26 01:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ख्रिस्टमसमा बिदा कटौती गरेकोमा ख्रिस्टियन महासङ्घको असहमति

2016-10-19

कात्तिक ३, ललितपुर । राष्ट्रिय ख्रिस्टियन महासङ्घले ख्रिस्टमसमा दिँदै आएको सार्वजनिक बिदा सरकारले कटौती गरेकोमा असहमति जाहेर गरेको छ । 

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई महासङ्घले मंगलबार बुझाएको ध्यानाकर्षण पत्रमा बिदा कटौतीको कार्यप्रति असहमति जनाउँदै सार्वजनिक बिदाका लागि पहल गरिदिन माग गरिएको छ । 

महासङ्घका अध्यक्ष सिबी गहतराजले ख्रिस्टमसका दिन पहिले दिँदै आएको सार्वजनिक बिदालाई गृह मन्त्रालयले केही वर्षदेखि इसाई कर्मचारीका लागि सीमित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै ख्रिस्टियन समुदायको आस्था र अधिकारको सम्मान गरेर ख्रिस्टमसका दिन सार्वजनिक बिदाको निर्णय गर्न पनि हामी अनुरोध गर्छौ ।” 

समाधिस्थल उपलब्ध गराउन पनि गहतराजले माग गर्नुभयो । उहाँले भन्नुभयो, “मृत्यु संस्कार गर्नबाट समेत हामी वञ्चित हुनुपर्ने अवस्था छ ।” गत असारमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले परिपत्रमार्फत परियोजना सम्झौता वा पूर्वसहमति दिँदा धर्मप्रचारसम्बन्धी परियोजना अस्वीकृत गर्न निर्देशन दिएको थियो । यसले गर्दा धार्मिक आस्थामा ठेस पुगेको आयोगका अध्यक्षलाई बुझाइएको विज्ञप्तिमा भनिएको छ । 

आयोगका अध्यक्ष शर्माले दिइरहेको सार्वजनिक बिदा कटौती गर्न नहुने नै आयोगको दृष्टिकोण भएको बताउनुभयो । आयोग कार्यान्वयन गर्नेभन्दा पनि दबाब दिने निकाय भएकाले आफ्नो काम गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी दबाब दिन्छौँ महासङ्घले ऐन बनाउने समय भएकाले सांसदहरुलाई दबाब दिनुपर्छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने