१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

अवधि सकिए पनि जेलमै बस्न बाध्य छन् साउदीमा नेपाली

३ फाल्गुन २०८०, बिहीबार ०३:०८

फागुन ३, काठमाडौं | साउदी अरबमा विभिन्न कारणले जेल सजायको अवधि सकिसक्दा पनि जेलमै धेरै नेपाली बस्ने गरेका पाइएको छ । साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदी र त्यहाँका महान्यायाधिवक्ता साउद बिन अब्दुल्लाह बिन मुबारक अल मुजबसँगको भेटमा साउदी अरबमा नेपाली श्रमिकले भोग्नुपरेका विभिन्न समस्या महान्यायाधिवक्तालाई जानकारी गराइएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

साउदी अरबमा नेपालीले भोग्नुपरेको समस्या समाधानमा सहयोग गरिदिन राजदूत सुवेदीले महान्यायाधिवक्तासँग अनुरोध गरेका जनाइएको छ । साउदीमा प्रहरीबाट पक्राउ गरिएका वा जेल चलान गरिएका नेपाली कामदारको विवरण नियमित रूपमा दूतावासमा प्राप्त हुन नसकेको भन्दै राजदूत सुवेदीले पूर्ण सूचना आवश्यक रहेकाले सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

अधिकांश नेपाली कामदार जेल सजाय सकिएपछि पनि लामो समय जेलमा नै रहनुपर्ने अवस्था रहेको दूतावासमा रिपोर्ट आउने गरेको भन्दै उनले तत्काल यो समस्या समाधान गरिदिन अनुरोध गरेका छन् । अदालती मुद्दामा नेपाली भाषा अनुवादक नराखी मुद्दाको सुनुवाइ हुने अवस्थामा भाषाको कारण सत्यतथ्य सुनुवाइ कठिन हुने अवस्था रहेको उनले बताए । मुद्दाको अनुसन्धानमा ढिलाइ हुने गरेका कारण श्रमिकले धेरै समय हिरासतमा बस्नुपर्ने अवस्था रहेकाले चाँडो अनुसन्धान गर्न सहजीकरण गरिदिन पनि उनले माग गरेका छन् ।

अरबी भाषाको ज्ञानको कमीका कारण आफ्नो भनाइ राख्न नसकेर पक्राउपछि कतिपय श्रमिकलाई स्वच्छ सुनुवाइमा कठिनाइ भई झुठा मुद्दा लाग्नसक्ने अवस्था रहेको लगायत विषयमा छलफल भएको दूतावासले जनाएको छ । साउदी पुगेका ४ सय ८० जना नेपाली कामदार विभिन्न आरोपमा जेल जीवन बिताइरहेका छन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ