३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गरूडाको चिनि मिल फेरी सञ्चालन हुन सक्ने समितिको निष्कर्ष

५ फाल्गुन २०८०, शनिबार ०५:५२

फागुन ५, रौतहट | रौतहटको मध्यभाग गरुडा स्थित हाल बन्द अवस्थामा रहेको श्रीराम सुगर चिनी मिल्स पुनः सञ्चालनका हुन सक्ने टोलीको निष्कर्ष रहेको छ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको चिनी उद्योग तथा उखु किसानहरूका समस्या समाधान र सुझाव उपसमितिले मिलको स्थलगत निरीक्षण पछि उक्त निष्कर्ष निकालेका हुन्।

समितिका संयोजक किसान श्रेष्ठ नेतृत्वको टोलिले  श्रीराम सुगर मिल्सको शुक्रबार स्थलगत अनुगमन निरीक्षण गरेको थियो। 

संघीय सांसद श्रेष्ठले निरीक्षण पश्चात श्रीराम सुगर मिल्स पुनः सञ्चालन गराउन आफू लागिपरेको बताएका थिए।

मिलको सम्पूर्ण उपकरण, साधनस्रोत हुँदा पनि मिल बन्द गर्नु दु:खद भएको बताउँदै पुनः सञ्चालनको लागि उनले प्रतिबद्दता जनाएका थिए।

७ सय भन्दा बढी मजदुर र कर्मचारीलाई प्रत्यक्ष रोजगारी , २० हजार बढि किसान लाभान्वित हुने  श्रीराम सुगर मिल्स जिल्लाको लागि धरोहर भएको श्रेष्ठको भनाई छ।

मिल्द बन्द हुँदा सयाैं मजदुर कर्मचारी रोजगारि गुमाउनु ,हजारौ किसानलाई आर्थिक क्षती बेहोर्नु पर्ने अवस्था भएकाले मिल पुनः सञ्चालनको विकल्प नरहेको उनले धारणा राखेका थिए।

उनले मिल सञ्चालनको निमित समितिमा ब्यापक छलफल पछी निर्णय सहीत सरकारलाई सुझाव दिने बताएका थिए।

श्रीराम सुगर मिल्स लिमिटेड संचालन संघर्ष समितिले  उद्योग सञ्चालन गराउन संसदीय समिती टोलिलाइ ज्ञापनपत्र समेत बुझाएका थिए।

अनुगमनको क्रममा टोली संयोजक किसान श्रेष्ठ, उपसमितिका सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली, पूर्व मन्त्री डाक्टर बंशिधर मिश्र, नेकपा एसकी नेत्री सरला यादव,गरुडा नगरपालिकाका मेयर कन्थमनि प्रसाद जयसवाल, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल् प्रहरीका एसपि महेन्द्र कुमार श्रेष्ठ, ससस्त्र प्रहरीका एसपि माधव रेग्मी, मेयर प्रत्याशी बृज किशोर यादव,उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादव, लगायतको सहभागिता रहेको थियो।

तत्कालीन उद्योगी दिवाकर गोल्छाको नेतृत्वमा २०५१ साल पुस २४ गतेदेखि उखु क्रसिङ सुरुगरेको श्रीराम सुगर मिल्स लगातार २०बर्ष सम्म नाफामा रहेको थियो।

संस्थापक उद्योगी गोल्छाको निधन पछि उनको छोरा दिवाकर गोल्छाले नेतृत्व लिएपछि मिल घाटामा गएको भन्दै केहीवर्ष अघी अर्का उद्योगी बिशाल अग्रवाल लाई मिलमा साझेदार बनाएको थियो।

बर्षेनी घाटा देखाउँदै आएका उद्योगीले २०७७ साउन ११ गते एउटा सूचना जारी गर्दै श्रीराम सुगर मिल्स सदाका लागि  बन्दको घोषणा गरेको थियो। उद्योगिले नेपाल बैंक लगायत बैंक संग अनियमित तरिकाले गरेको टेण्डर रद्द गरी मिल पुनः सञ्चालन गर्नुपर्ने अडान राखेका छन्।

उनीहरूले मिल स्थापनाका लागि कौडिको भाउमा ८५  बिघा जग्गा दिएकाले जसरि भएपनि सञ्चालन हुनुपर्ने बताउँदै आएका छन।

। तीन दशक अगाडी किसानहरुले उद्योगिलाइ प्रती कट्ठा मात्र ७ हजारको दरले  ८५ बिघा जमिन उप्लब्ध गराएको थियो।

 अहिले उक्त जगाको मुल्य प्रती कट्ठा ४ करोडको हाराहारीमा पुगेकोले उद्योगिले अहिले सस्तोमा किनेको सो जग्गा महँगोमा बिक्रि गरि भाग्न खोजेको किसानहरूले आरोप लगाउँदै मिल तथा जग्गा बिक्रीमा रोक लगाएका छन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो