2026-09-18 07:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

क्याबिनेटमा प्रकाश ज्वालाको बचाउ गर्दै पूर्णबहादुरले भने- ‘बटुवालाई हैन, दोषीलाई कारवाही गरौं’

फागुन ७, काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग्दै सडकदेखि संसदसम्म आवाज उठिरहेको छ । तर, उनले किन राजीनामा दिनुपर्ने भन्ने कुरा उल्लेख गरिएको प्रतिवेदन भने अहिलेसम्म ‘गोप्य’ नै छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने तयारीमा रहेका दुई युवकको ज्यान जाने गरी पुस १३ मा भएको बालकुमारी घटनालाई लिएर मन्त्री ज्वालाको राजीनामा मागिएको हो ।

घटनापछि गठित छानबिन समितिको प्रतिवेदन आइतबारको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पेश गरे । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहितका केही मन्त्रीले उक्त प्रतिवेदन पढ्न पाउनुपर्ने वा त्यसमा उल्लेखित विषयको जानकारी पाउनुपर्ने माग गरे । तर, न प्रधानमन्त्रीले प्रतिवेदनमा उल्लेखित विषय सुनाए, न त गृहमन्त्रीले नै मन्त्रीहरूलाई प्रतिवेदन अध्ययन गर्ने मौका दिए ।

एक मन्त्रीका अनुसार त्यही विषयलाई लिएर मन्त्रीहरूबीच भनाभन चल्यो । रक्षामन्त्री खड्काले प्रतिवेदन मागेपछि गृहमन्त्री श्रेष्ठको भनाइ थियो, ‘छानबिन समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने हो, मन्त्रीहरूलाई हैन ।’

यसपछि रक्षामन्त्री खड्काले झोँक्किदै भने, ‘क्याबिनेट मन्त्रीले पढ्न नपाउने कस्तो प्रतिवेदन लेख्नु भयो त !’ उनले उक्त घटनामा बाटो हिँड्ने बटुवा (मन्त्री ज्वाला) लाई नभई गोली चलाउन र मान्छे मार्न आदेश दिने व्यक्तिको पहिचान गरी कारवाही गर्न माग गरे ।

बालकुमारी घटनामा प्रहरीले चलाएको गोली लागेर दुई युवकको ज्यान गएको र उक्त घटना हुनुका पछाडि गृह प्रशासनबाहेक अरुको दोष नदेखिएको स्थितिमा घटनास्थलको बाटो हुँदै अगाडि बढ्न खोजेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालालाई मुख्य दोषी देखाउने कुरा आफैंमा अस्वाभाविक हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।

तर, प्रतिवेदनमा मन्त्री ज्वालाको गाडी प्रदर्शनस्थलमा प्रवेश गरेपछि प्रदर्शनकारी उत्तेजित भएको र घटनाले उग्र रुप लिएको भन्दै उनलाई ‘मुख्य दोषी’ करार गरिएको भनिएको छ । त्यही आधारमा अहिले उनको राजीनामा माग्ने गरिएको छ । नेकपा (एकीकृत समाजवादी) को उपमहासचिवसमेत रहेका मन्त्री ज्वालाले कुनै हालतमा पनि राजीनामा नदिने उक्त पार्टीका केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठ बताउँछन् । त्यसदिन घटनास्थल नजिकै उक्त पार्टीको केन्द्रीय कमिटी बैठक चलिरहेको थियो ।

त्यहाँ न उहाँको मन्त्रालयसँग सम्बन्धित विषयमा प्रदर्शन भएको थियो, न त उहाँको आदेशले गोली चलेको थियो’, कार्यालय सचिव श्रेष्ठले भने, ‘बैठकबाट निस्किएर सिंहदरबार जानुअघि मन्त्रीले आफ्नो पिएसओलाई सोध्नुभएको छ, पीएसओले कन्ट्रोललाई सोध्यो, सबै ठीक छ भनेपछि गाडी अगाडि बढ्यो, तर बाटोमा निस्कँदा भिड देखेपछि मन्त्री फर्किनुभयो, प्रदर्शनकारीले गाडी जलाइदिए ।’

उनका अनुसार, सडकमा मन्त्रीको गाडीको सुरक्षा गर्ने काम प्रहरीको, भिडलाई नियन्त्रणमा लिने वा प्रदर्शनकारीलाई तितरबितर गर्ने पनि प्रहरीकै काम हो । तर, त्यसदिन मन्त्रीका पीएसओले दर्जनौंपटक आफ्नो मन्त्रीको गाडी असुरक्षित भएको भन्दै सुरक्षाका लागि मद्दत माग्दा पनि लामो समयसम्म प्रहरी टोली घटनास्थलमा पुगेन । जब गाडीमा आगो लाग्यो, त्यसपछि प्रहरीको टोली देखियो । एकाएक टियर ग्यासको सेल छाडिन थाल्यो र प्रदर्शनस्थल ।

‘त्यसैले घटनाको दोषी कि श्रममन्त्रालय हो कि गृह नै हो, प्रकाश ज्वालाले राजीनामा दिनुपर्दैन, दिनुहुन्नँ’, सचिव श्रेष्ठले भने ।

मन्त्री ज्वालाको राजीनामा बालकुमारी घटनाका कारण नभई राजनीतिक प्रतिशोध र भ्रष्टाचारविरोधी कदमका कारण मागिएको उनको दाबी छ ।

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई इंगित गर्दै भने, ‘गल्ती सबै आफूमातहतका प्रहरीबाट भएको छ, दोषीचाहिँ अर्को मन्त्रीलाई बनाएर राजीनामा मागिँदैछ ।’

यही बहानामा भौतिक पूर्वाधार मन्त्रालय खाली गराउने र त्यसमा अर्को मन्त्री पठाउने खेल पनि हुनसक्ने उनको आशंका छन् ।

उनले भने, ‘यो राजनीतिक प्रतिशोधमात्रै हो, । कि त पार्टीलाई सरकारबाट फिर्ता जाऊ भन्नुपर्‍यो, नत्र एउटा मन्त्रीले मात्रै राजीनामा दिने कुरा हुँदैन ।’

‘भ्रष्टाचारी’ को बदलामा ‘मुख्य दोषी’

यता मन्त्री ज्वालानिकटहरूले भने गृहमन्त्रालयका सहसचिवले मन्त्रीसँग बदला लिन खोजेको आरोप लगाएका छन् । उनीहरूका अनुसार मन्त्री ज्वालालाई ‘मुख्य दोषी’ ठहर गरी प्रतिवेदन तयार पार्ने गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई भ्रष्टाचारी सिफारिस गर्दै मन्त्री ज्वालाले केही समयअघि एक प्रतिवेदन अख्तियार र प्रहरीको सीआईबीलाई बुझाएका थिए ।

सहसचिव भट्टराई यातायात व्यवस्था विभागको महानिर्देशक भएकै समयमा ०७९ फागुनदेखि साउन १० गतेसम्म जारी गरिएका ६ सय ९७ वटा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को छानबिनपछि ती लाइसेन्सहरू नक्कली सावित भएको उनीहरुको भनाइ छ । त्यसमध्ये डाटा इन्ट्री गरी बिक्री गर्न तयार पारेर राखिएका १ सय ५३ वटा लाइसेन्स त प्रहरीले बरामद नै गरेको छ ।

यो घटनामा मुख्य दोषी सहसचिव भट्टराई भएको भन्दै मन्त्री ज्वालाले अख्तियार र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई प्रतिवेदन बुझाएका थिए । त्यसपछि छानबिन समितिले बालकुमारी घटनामा मन्त्री ज्वालालाई ‘मुख्य दोषी’ बनाइदिएको छ ।

एकीकृत समाजवादीका कार्यालय सचिव श्रेष्ठको प्रश्न छ, ‘आफू पहिला भ्रष्टाचारी हुने, अनि अर्को घटनामा बाटो हिँडेकै भरमा उल्टै मन्त्रीलाई दोषी बनाइदिने ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई