२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी ६ कुरा जीवनसाथी र आफ्नो प्रेमिकालाइ कहिल्यै नभन्नुस्

३ कार्तिक २०७३, बुधबार ११:०६

कहिले काहीं कतिपय कुराहरु आफ्नो जिबनसाथी वा प्रेमिकालाई नभन्दा नै राम्रो हुन्छ । यतिमात्रै होइन, प्रेमी(प्रेमिकाबीच ब्रेकअपको दर पनि बढ्दो छ । सम्बन्ध टुट्नुमा कुनै गम्भीर र ठूला कारणमात्रै नभएर स(साना कुराले पनि ठुलो भूमिका खेलिरहेको हुन्छ । आउनुस्, आज हामी आफ्नो प्रेमि(प्रेमिका वा पति(पत्नीलाई भन्नै नहुने ६ कुराको बारेमा यहाँ बताइएको छ ।

तिमीलाई त यति पनि आउँदैन है नभन्नुस् - तपाईंले अपेक्षा गरेको केही सामान्य काम तपाईंको जीवनसाथीले गर्न सकेन भने ‘यति पनि आउँदैन है’ भनेर नभन्नुस् । बारम्बार तपाईंले त्यस्तो भनिदिँदा उसलाई निकै नराम्रो लाग्न सक्छ । जसले सम्बन्ध टुट्ने अवस्थासम्म पुर्याउन बेर लगाउँदैन ।

 गलत शब्दको प्रयोग – एक सर्भेअनुसार झगडा पर्दा वा थोरै तिक्कता आउँदा गरिने गलत शब्दको प्रयोगले सम्बन्ध टुटाउन निकै भूमिका खेल्ने गरेको छ । ‘अगुल्टो पनि नठोसी बल्दैन’ भन्ने भनाइ हाम्रो समाजमा निकै प्रचलित छ । बेलाबखत झगडा हुनु स्वभाविक नै हो । तर, रिसको झोंकमा अति नै अप्रिय र अनावश्यक शब्द मुखबाट निस्किन नदिनुस्, संयमताले नै तपाईंको सम्बन्धलाई चीरस्थायी बनाउने छ । स्वभाविक नै हो । तर, रिसको झोंकमा अति नै अप्रिय र अनावश्यक शब्द मुखबाट निस्किन नदिनुस्, संयमताले नै तपाईंको सम्बन्धलाई चीरस्थायी बनाउने छ ।

कतिपय सिक्रेट आफूमै सिमित राख्नुस् - बाहिरी दुनियामा कोही मन पर्यो भने ऊ बारे आफ्नो जीवनसाथीलाई कहिल्यै नभन्नुस् । जसले सम्बन्धमा खलल पुर्याउन सक्छ । वास्तविक जीवनमा तपाईंको जीवनसाथी नै आफ्नो हो । बाहिरी दुनियाँमा देखिने मानिसहरु त घामछायाँजस्तै हुन्, जो जुनसुकै बेला पनि अलप हुन सक्छन् ।

बहसलाई नलम्ब्याउनुस् - पति(पत्नी वा प्रेमि(प्रेमिकाबीच कतिपय समयमा केही विषयमा बहस परिरहेको हुन्छ । यस्तो बहसलाई सकेसम्म नलम्ब्याएको नै राम्रो । यदि तपाईंलाई आफू ठिक छु लागेको छ भने पनि त्यसलाई पुष्टि गर्ने धुनमा बहसलाई नतन्काउनुस् । जब बहस निष्कर्षमा नै पुगेर टुंगिन्छ, त्यहाँ त एकको जित र अर्कोको हार अवश्य नै हुन्छ । यसले जित्नेमा घमण्ड र हार्नेमा बदलाभाव उत्पन्न हुन थाल्छ । जसले कालान्तरमा तपाईंको सम्बन्धमा फाटो ल्याउन सक्छ । 

तुलना गर्नबाट बच्नुस् - अरु कोही राम्रो मानिससँग आफ्नो जीवनसाथीलाई तुलना गर्नबाट बच्नु नै बेस हुन्छ । तिमीभन्दा त उसको यो राम्रो छ, त्यो राम्रो छ भनेर तुलना गर्नुभयो उसलाई निकै नै नराम्रो लाग्छ । तपाईंप्रतिको विश्वास डगमगाउन थाल्छ । कसैलाई पनि आफ्नो तुलना आफ्नो जीवनसाथीले अरु कसैसँग गरेको मन पर्दैन ।

सम्बन्ध तोड्छु भनिनहाल्नुस् - कयौं पटक आग्रह गर्दा पनि तपाईंको जीवनसाथीले तपाईंको कुरा सुन्ने नाम नै लिइरहेको छैन भने रिसको झोंकमा अलग्गिने कुरा नगरिनहाल्नुस् । पहिला उससँग धेरैभन्दा धेरै कुरा गर्ने प्रयास गर्नुस् । उसको मनको कुरा बुझ्नुस्, यसो गर्दा उसले तपाईंको कुरा किन मानिरहेको छैन भन्ने जान्न सक्नुहुन्छ । अनि विस्तारै उसकै ठाउँमा रहेर सम्झाउने कोशिस गर्नुस् । अवश्य तपाईं सफल हुनुहुनेछ । एजेन्सी । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान