१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निजगढ विस्फोटः विस्फोट भएको बस्तु किन्ने र बेच्ने दुबै जनाविरुद्ध कर्तव्य ज्यानमुद्दा दर्ता

१६ फाल्गुन २०८०, बुधबार ११:४०

फागुन १६, वीरगञ्ज | बाराको निजगढ नगरपालिकामा तीन जनाको ज्यान जाने गरी भएको विस्फोट क्रममा पक्राउ परेका एक भारतीयसहित दुई जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।

नगरपालिका–७ स्थित रोहित वर्कसपमा सोमबार भएको शंकास्पद वस्तु विस्फोटमा परी घाइते भएका ६ जनामध्ये तीन जनाको मृत्यु भएको छ।

वर्कसपमा विस्फोट भएको शंकास्पद वस्तु किन्ने र बिक्री गर्ने दुवै जनाविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता कारवाही अघि बढाएको हो।

घटनाको अनुसन्धानको क्रममा भारत मोतिहारी बस्ने ४० वर्षका रमेश जयसवाल र निजगढ नगरपालिका– ९ बस्ने २९ वर्षका टीकाराम पाख्रिनलाई पक्राउ गरेको थियो।

पक्राउ परेका भारतीय नागरिक जयसवाल कवाडी किन्ने व्यक्ति हुन्। उनले नै विस्फोट भएको शंकास्पद वस्तु पाख्रिनसित किनेका थिए।

पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको बाराका प्रहरी प्रवक्ता एवं डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

दुवै जनालाई अदालतबाट सात दिनको म्याद पनि थप गराइएको उनले बताए।

बाराको निजगढ नगरपालिकामा सोमबार दिउँसो रोहित वर्कसपमा भएको विस्फोटमा परी घाइते भएका ६ जनामध्ये वर्कसप सञ्चालक निजगढ–५ का रेशम मगर, पर्साको वीरगञ्ज महानगरपालिका– ९ बस्ने २० वर्षीय रितु रजत र भारत गवाइका ३५ वर्षीय राकेश जयसवालसहित तीन जनाको मृत्यु भइसकेको छ।

घाइते तीन जना उपचाररत छन्। वर्कसपमा विस्फोट भएको शंकास्पद वस्तुलाई परीक्षणका लागि काठमाडौं प्रयोगशालामा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ