१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अजय देवगनको ‘दश्यम’ अब हलिउडमा पनि रिमेक हुने

१७ फाल्गुन २०८०, बिहीबार ११:१९

फागुन १७,  मुम्बई | बलिउडको सुपरहिट फिल्म ‘दृश्यम’ अजय देवगनका लागि लक्की चार्मभन्दा कम छैन । 

सन् २०२४ अजय देवगनका लागि निकै भाग्यशाली सावित भएको छ । यो वर्ष फेरि अजय देवगनका फ्यानका लागि खुसीको खबर ल्याएको छ । अभिनेताको सबैभन्दा सफल फ्रेन्चाइजी मध्ये एक ‘दश्यम’ ले ठूलो सफलता हासिल गरेको छ।

भारत र चीनको बजारमा प्रभुत्व जमाउन सफल भएपछि अब यो कल्ट फ्रेन्चाइजी  ‘दृश्यम’ विश्वव्यापी रुपमा आफ्नो जादु चलाउन तयार छ । अब यो फिल्म हलिउडमा पनि आफ्नो जादू चलाउन तयार भएको खबर छ । मनोरञ्जन उद्योगका ट्र्याकर तथा स्तम्भकार श्रीधर पिल्लईले आफ्नो ट्विटमार्फत यो जानकारी दिएका हुन ।

श्रीधर पिल्लैले आफ्नो ट्विटमा लेखेका छन्, ‘दृश्यम फिल्मका निर्माता कुमार मंगत पाठक र अभिषेक पाठकले कान्स फिल्म फेस्टिभल २०२३ मा थ्रिलर फ्रेन्चाइजको कोरियन रिमेकको घोषणा गरेपछि पानोरमा स्टुडियोले गल्फ स्ट्रिम पिक्चर्स र जोट फिल्म्ससँग मिलेर हलिउडमा ‘दृष्यम’ निर्माण गर्ने भएका छन, उनीहरूले सहकार्यका लागि हात मिलाएका छन् । गल्फ स्ट्रीम पिक्चर्सका सह–संस्थापकहरू माइक कर्ज र बिल बिन्डले हुन्। गल्फस्ट्रिम पिक्चर्सले धेरै सुपरहिट रोमान्टिक कमेडी हलिउड फिल्महरू बनाएको छ।’

पानोरमा स्टुडियोले दृश्यम १ र २ का मूल निर्माताबाट फिल्मको अन्तर्राष्ट्रिय अधिकार खरिद गरेको छ । जसका कारण अब दृश्यम फिल्म अमेरिका र कोरियाबाहेक अन्य धेरै भाषामा बन्न पाइने भएको छ । यसबाहेक फिल्मको स्पेनिस संस्करणका लागि पनि चाँडै नै सम्झौता हुँदैछ ।

पानोरमा स्टुडियोका प्रबन्ध अध्यक्ष तथा प्रबन्ध निर्देशक कुमार मनोज पाठकले दृश्यम फ्रेन्चाइजीको सफलताको बारेमा ट्वीटरमा पोस्ट सेयर गरेका छन् । उनले आफ्नो पोस्टमा दृष्यम फिल्मले निकै चलाखीपूर्वक बजारमा आफ्नो स्थान बनाएको लेखेका छन् । यो फिल्मको अहिले विश्वभरबाटै माग भइरहेको छ । दृश्यम फिल्मको सफलताको कारण फिल्मको बलियो कथा हो, जसले विश्वभरका निर्देशक र कलाकारको ध्यान खिचेको छ। 

दर्शकलाई चाहिने सबै कुरा यो फिल्ममा छ । जस्तै हाई एंड ड्रामा, भावना, लडाई, सस्पेन्स। जसका कारण आज यो फिल्मले सफलता हात पार्न सफल भएको छ । यस मलयालम फिल्मको रिमेकले हिन्दी, कन्नड, तेलुगु, तमिल, सिंहली र चिनियाँलगायत धेरै भाषाहरूमा पनि सफलतापूर्वक प्रदर्शन भइसकेको छ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ