2026-07-26 02:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अजय देवगनको ‘दश्यम’ अब हलिउडमा पनि रिमेक हुने

फागुन १७,  मुम्बई | बलिउडको सुपरहिट फिल्म ‘दृश्यम’ अजय देवगनका लागि लक्की चार्मभन्दा कम छैन । 

सन् २०२४ अजय देवगनका लागि निकै भाग्यशाली सावित भएको छ । यो वर्ष फेरि अजय देवगनका फ्यानका लागि खुसीको खबर ल्याएको छ । अभिनेताको सबैभन्दा सफल फ्रेन्चाइजी मध्ये एक ‘दश्यम’ ले ठूलो सफलता हासिल गरेको छ।

भारत र चीनको बजारमा प्रभुत्व जमाउन सफल भएपछि अब यो कल्ट फ्रेन्चाइजी  ‘दृश्यम’ विश्वव्यापी रुपमा आफ्नो जादु चलाउन तयार छ । अब यो फिल्म हलिउडमा पनि आफ्नो जादू चलाउन तयार भएको खबर छ । मनोरञ्जन उद्योगका ट्र्याकर तथा स्तम्भकार श्रीधर पिल्लईले आफ्नो ट्विटमार्फत यो जानकारी दिएका हुन ।

श्रीधर पिल्लैले आफ्नो ट्विटमा लेखेका छन्, ‘दृश्यम फिल्मका निर्माता कुमार मंगत पाठक र अभिषेक पाठकले कान्स फिल्म फेस्टिभल २०२३ मा थ्रिलर फ्रेन्चाइजको कोरियन रिमेकको घोषणा गरेपछि पानोरमा स्टुडियोले गल्फ स्ट्रिम पिक्चर्स र जोट फिल्म्ससँग मिलेर हलिउडमा ‘दृष्यम’ निर्माण गर्ने भएका छन, उनीहरूले सहकार्यका लागि हात मिलाएका छन् । गल्फ स्ट्रीम पिक्चर्सका सह–संस्थापकहरू माइक कर्ज र बिल बिन्डले हुन्। गल्फस्ट्रिम पिक्चर्सले धेरै सुपरहिट रोमान्टिक कमेडी हलिउड फिल्महरू बनाएको छ।’

पानोरमा स्टुडियोले दृश्यम १ र २ का मूल निर्माताबाट फिल्मको अन्तर्राष्ट्रिय अधिकार खरिद गरेको छ । जसका कारण अब दृश्यम फिल्म अमेरिका र कोरियाबाहेक अन्य धेरै भाषामा बन्न पाइने भएको छ । यसबाहेक फिल्मको स्पेनिस संस्करणका लागि पनि चाँडै नै सम्झौता हुँदैछ ।

पानोरमा स्टुडियोका प्रबन्ध अध्यक्ष तथा प्रबन्ध निर्देशक कुमार मनोज पाठकले दृश्यम फ्रेन्चाइजीको सफलताको बारेमा ट्वीटरमा पोस्ट सेयर गरेका छन् । उनले आफ्नो पोस्टमा दृष्यम फिल्मले निकै चलाखीपूर्वक बजारमा आफ्नो स्थान बनाएको लेखेका छन् । यो फिल्मको अहिले विश्वभरबाटै माग भइरहेको छ । दृश्यम फिल्मको सफलताको कारण फिल्मको बलियो कथा हो, जसले विश्वभरका निर्देशक र कलाकारको ध्यान खिचेको छ। 

दर्शकलाई चाहिने सबै कुरा यो फिल्ममा छ । जस्तै हाई एंड ड्रामा, भावना, लडाई, सस्पेन्स। जसका कारण आज यो फिल्मले सफलता हात पार्न सफल भएको छ । यस मलयालम फिल्मको रिमेकले हिन्दी, कन्नड, तेलुगु, तमिल, सिंहली र चिनियाँलगायत धेरै भाषाहरूमा पनि सफलतापूर्वक प्रदर्शन भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ