१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दाङको अर्जुनखोला पुलमा चारवटा सवारी ठोक्किँदा ७ जना घाइते

२५ फाल्गुन २०८०, शुक्रबार ०९:५९

फागुन २५, दाङ | पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत दाङको अर्जुनखोला पुलमा चार वटा सवारी साधन एकैपटक दुर्घटनामा पर्दा ७ जना घाइते भएका छन् । एकै स्थानमा स्कारपियो, अटो रिक्सा, मोटरसाइकल र स्कुर दुर्घटनामा परेका हुन् ।

महेन्द्रनगरबाट काठमाण्डौंतर्फ जाँदै गरेको प्र।३–०१०२२ च १७५७ नम्ब को स्कारपियो र बिपरीत दिशाबाट आउँदै गरेका रा १ ह ६९१२ नम्बरको अटोलाई ठक्कर दिएको थियो । लगत्तै अटोको पछाडि रहेका रा २ प ५३८० नम्बरको मोटरसाइकल र रा ७ प ३५२६ को स्कुटी समेत ठक्कर खाएर दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिएका छन् ।

प्रहरीले चारवटै सवारी साधन र स्कारपियो चालक गोदावरी नगरपालिका–७ देविचौर ललितपुर निवासी ३१ बर्षीय दिनेशमान तामाङलाई पक्राउ गरेको छ ।

दुर्घटनामा स्कुटी चालक लमही न।पा।७ हसनापुर बस्ने बर्ष २१ को बिश्व खड्का, मोटरसाइकल चालक राजपुर गाँउपालिका–३ निवासी २२ दिपक घर्ती, मोटरसाइकलमा सवार गढवा–६ निवासी १९ बर्षीय मनिष सार्की, अटो चालक लमही नगरपालिका–७ कामनपुर निवासी ३५ बर्षीय बिष्णु बहादुर थापा, अटोमा सवार सोही ठाउँ निवासी ५५ बर्षीय हरी पुन, यस्तै अटोमा सवार भारत उत्तर प्रदेश बिहार जिल्ला खगरीया निवासी ४० बर्षीय पंकज सिह र अटोमा सवार भारत उत्तर प्रदेश रामपुर निवासी ५० बर्षीय कश्मिर सिँह घाइते भएका छन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका स्कुटी चालक विश्व खड्का र अटो चालक बिष्णुबहादुर थापा लाई थप उपचारको लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

दुवै जनाको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । तिब्रगतीका कारण स्कारपियो र अटो रिक्सा एक आपसमा ठक्कर खान पुगेका, अटोको पछाडि रहेका मोटरसाइकल र स्कुटर पनि अनियन्त्रित हुँदा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ