2026-09-18 11:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भोजपुरका भूकम्पपीडितलाई छ करोड राहत वितरण

कात्तिक ५, भोजपुर । भोजपुर जिल्लाका भूकम्पपीडितलाई हालसम्म रु छ करोडभन्दा बढी रकम वितरण गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी राजन पाण्डेका अनुसार भूकम्पमा घर पूर्ण र आंशिकरुपमा क्षति भएको तथा ज्यान गुमाएका परिवारलाई गरी रु ६ करोड २९ लाख ५३ हजार राहतस्वरुप वितरण गरिएको हो । भोजपुरमा भूकम्पपीडितका लागि आएको कुल रकम रु ६ करोड ५० लाखमध्ये सो रकम वितरण गरिएको सहायक प्रजिअ पाण्डेले जानकारी दिनुभयो । 

भोजपुरमा रहेका दुई नगरपालिका र ५४ वटा गाविसमा भूकम्पका कारण तीन हजार सात सय ५१ घर पूर्णरुपमा र ६ हजार पाँच सय ६१ घरमा आंशिकरुपमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

भूकम्पबाट भोजपुरको दोभाने गाविस सबैभन्दा बढी प्रभावित रहेको पाइएको छ । दोभानेमा सात सय ८० घर पूर्ण र दुई सय ४० घरमा आंशिकरुपमा क्षति पुगेको थियो । दोभानेमा दुई सय ३३ घरले पाँच हजारका दरले रु १५ लाख ४० हजार लगेका छन् भने रु तीन हजारका दरले रु सात लाख २० हजार र रु १५ हजारका दरले राहत रकमबापत रु ३४ लाख ९५ हजार गरी जम्मा रु ५७ लाख ५५ हजार वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार पाँच हजारका दरले एक हजार आठ सय ७४ घरले राहत रकमबापत रु एक करोड ५० लाख ५० हजार पाएका छन् । यसैगरी, तीन हजारका दरले रु एक करोड ८९ लाख ९३ हजार वितरण गरिएको छ । 

यस्तै, भूकम्पमा परी ज्यान गुमाएका परिवारलाई रु आठ लाख प्रदान गरिएको सहायक प्रजिअ पाण्डेको भनाइ छ । जिल्ला प्रशासन कार्यालयका अनुसार रु १५ हजारका दरले रु दुई करोड ८१ लाख १० हजार भूकम्पपीडितलाई राहतस्वरुप वितरण गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई