२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

हत्या आरोपित दुई नेता एमालेबाट निष्कासित

२०७३, ५ कार्तिक शुक्रबार ०७:२४

कात्तिक ५, अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले धनचौर निवासी पार्टीको धनचौर गाउँ कमिटीका पूर्व सदस्य कल्पना भुसालको हत्याका आरोपित दुई नेतालाई पार्टीबाट निष्कासन गरेको छ । 

धनचौर गाविसका भूतपूर्व अध्यक्ष खेमराज भुसाल र निवर्तमान अध्यक्ष गणेशकुमार भुसाललाई एमालेको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको जिल्ला अध्यक्ष चेतनारायण आचार्यले जानकारी दिए । 

अध्यक्ष आचार्यद्वारा जारी विज्ञप्तिमा एमालेले हत्याको निष्पक्ष छानबिन गरी हत्यारालाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ । हराएको भनिएकी धनचौर–५ रातामाटाकी कल्पना भुसालको हत्या भएको खुलासा भएको छ । हत्याको अभियोगमा पक्राउ परेका गणेशकुमार भुसालले हत्या आफैले गरेको बताएपछि कल्पना भुसालको हत्या भएको खुलासा भएको हो । 

गत असोज १८ गते धनचौर–९ देउराली पसलबाट सामान किनेर साँझ ५ बजेतिर घर जान्छु भनेर हिँडे पनि घर नपुगेपछि आफन्तले खोजतलासको निम्ति जिप्रकामा निवेदन दिएका थिए । 

सोहीअनुसार असोज १९ गतेदेखि स्थानीय, आफन्तजन र प्रहरीको टोलीले भुसालको खोजी अभियानलाई तीव्र पारेको थियो । 

खोजतलासका क्रममा कल्पनाको हत्या भएको हुनसक्ने र हत्यामा संलग्न रहेको आशङ्कामा असोज २२ गते धनचौर–५ निवासी खेमराज भुसाल र निजका छोरा गणेशकुमार भुसाललाई जिप्रका, अर्घाखाँचीले हिरासतमा लिई घटनाको थप अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धानका क्रममा जिल्ला प्रहरी प्रमुख नवरत्न पौडेलको नेतृत्वमा खोजतलासमा गएको टोलीले हराएको सात दिनपछि असोज २४ गते दिउँसो जलुके गाविस–२ को छेकुवा जङ्गल नजिकै झिमरुक नदीमुनि राप्ती नदीको किनारमा कल्पनाको मृत शरीर भेटाएको थियो । 

अभियुक्त दुवैजनालाई जिप्रका, अर्घाखाँचीमा थुनामा राखी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जिप्रका अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी