Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘नखाएको विष लाग्यो’ भन्दै बयानका क्रममा दुवै दिन रोए महरा

२०८०, ८ चैत्र बिहीबार ११:१८

चैत ८, काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान सकिएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा बुधबारदेखि सुरू भएको बयान आज सकिएको हो ।

अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि नर्भिक अस्पतालमा भर्ना भएका महरा बयान दिने क्रममा दुई दिनै रोएका छन् ।


बयानको पहिलो दिन बुधबार बयान दिइरहेको बेला रोएको सरकारी वकिल कार्यालयका एक कर्मचारीले बताए । ‘उहाँ पहिलो दिन बयान दिइरहेको बेला रूनुभयो । गर्दै नगरेको काममा आफूलाई पोलेको उहाँले गुनासो गर्नु भएको थियो ।’ बयानमा संलग्न एक कर्मचारीले भने ।

बिहीबार भने बयान सकेपछि भएको अनौपचारिक कुराकानीका क्रममा ‘नखाएको विष लाग्यो’ भन्दै महरा रोएको ती कर्मचारीले बताए ।

कर्मचारी तथा महराका सहयोगीले उनलाई सम्हालेपछि  अस्पताल लगिएको छ ।

महराको स्वास्थ्य अवस्था त्यति राम्रो छैन । उनी दैनिक ८ किसिमका औषधिहरू सेवन गर्ने गरेको महराको उपचारमा संलग्न रहेका एक डाक्टरले बताए । महरालाई टीभीदेखि मस्तिष्कको नसासम्मको समस्या छ ।

महरा चैत ५ गते कपिलबस्तुबाट पक्राउ परेका थिए ।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग उनको नाम जोडिएको छ।

त्यसबेला सीआईबीले उनीसँग बयान कागज गरेर मात्रै छाडेको थियो । यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन्। राहुल हाल पुर्पक्षमा थुनामा छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली