१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुन तस्करी प्रकरण- कृष्णबहादुर महरामाथि कारबाहीको विषयमा के भन्छ माओवादी ?

८ चैत्र २०८०, बिहीबार १२:३१

चैत ८, काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई निलम्बन गर्ने वा राजीनामा गराउने भन्ने विषयमा माओवादी केन्द्रले अहिलेसम्म कुनै निर्णय गरेको छैन । उपाध्यक्ष महरा पक्राउ परेपछि सोमबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक राखेका थिए ।

एक पदाधिकारीका अनुसार बैठकले सुन प्रकरणमा नाम जोडिएर पक्राउ गरेर अनुसन्धान थालिसकेपछि पार्टीबाट राजीनामा गर्न लगाउने निर्णय गरेको थियो ।

त्यही विषयमा बैठकस्थलबाटै महरालाई प्रचण्डले फोन गरेर राजीनामाको विषयमा जानकारी गराएका पनि थिए । तर, अहिलेसम्म उपाध्यक्षको राजीनामा नआएको महासचिव देव गुरुङले बताए ।

उनले भने, ‘उहाँको राजीनामाको विषयमा अहिलेसम्म त्यस्तो केही जानकारी आएको छैन । अध्यक्षकहाँ आएको भए थाहा हुने कुरा भएन ।’ केन्द्रीय कार्यालयको मुख्यसचिव श्रीराम ढकालले पनि अहिलेसम्म त्यसबारेमा थप कुनै निर्णय पार्टीले नगरेको बताए ।

उनले भने, ‘पदाधिकारी बैठकमा छलफल भएको थियो त्यसपछि विषयमा थप छलफल भएको छैन । त्यसैले अहिलेसम्म कुनै निर्णय भएको छैन ।’

तर, महराको विषयमा छलफल गर्न बसेको पदाधिकारी बैठकमा गम्भीर छलफल भएको भन्दै चाँडै निष्कर्षमा पुग्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका थिए ।

महरा पक्राउको परेपछि प्रधानमन्त्री प्रचण्डले पछिल्लो तथ्यले पुष्टि गर्ने भन्दै भ्रष्टाचारविरुद्धको अभियानमा कसैलाई काखा कसैलाई पाखा नगरेको दाबी गरेका थिए ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा भनेका थिए, ‘सरकारको पहिलो प्राथमिकता सुशासन रहेको र सुशासन कायम गर्न कुनै कुरामा सम्झौता नहुने कुरा मैले बारम्बार व्यक्त गर्दै आएको छु । सुशासनको संकल्प लिएर नै अघि बढेपछि ठूलाठूला भ्रष्टाचार सुन तस्करी, जग्गा हिनामिना लगायतको काण्डहरु छानबिन भइरहेको र यसलाई झनै प्रभावकारी बनाइँदै अघि बढेको तथ्य पनि जानकारी गराउँछु । त्यसमा मैले कसैलाई काखा कसैलाई पाखा गरेको छैन । त्यो कुरा हालैको घटनाले पनि पुष्टि गरेको छ ।’

पक्राउ परेका महरासँग सीआइवीले बयान लिइसकेको छ । स्वास्थ्यमा समस्या भएको भन्दै पक्राउ परेदेखि नै महरा नर्भिक अस्पतालमा ल्याएर भर्ना भएका थिए ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय