१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

समाजवादी मोर्चामा एमाले सहभागी हुँदैन: ओली

९ चैत्र २०८०, शुक्रबार १०:१४

चैत ९, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल समाजवादी मोर्चामा सहभागी नहुने बताएका छन्।

शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि ओलीले सो कुरा बताएका हुन्।


नेकपा एमाले पनि समाजवादी मोर्चामा सहभागी हुने हो? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भनेका छन्, ‘होइन।’

शुक्रबारको भेटमा प्रधानमन्त्रीसँग सकारात्मक कुराकानी भएको ओलीले बताएका छन्।

‘समसामयिक विषयमा प्रधानमन्त्रीजीसँग राम्रो कुरा भयो,’ उनले भेटपछि सञ्चारकर्मीसँग भने।

मोर्चाका संयोजक समेत रहेका नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले बिहीबार साँझ ओलीसँग भेट गरेका थिए। भेटमा उनले समाजवादी मोर्चामा सहभागी हुन आग्रह गरेका थिए।

शुक्रबार बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि सहभागी गराउने निर्णय गरेको थियो। सो बारेमा एमाले अध्यक्ष ओलीसँग छलफल गर्ने जिम्मा प्रचण्डलाई दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह