१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महरालाई छाड्दा सीआईबीले लिएको ५ आधार

९ चैत्र २०८०, शुक्रबार ११:५२

चैत ९, काठमाडौँ | प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व सभामुख कृष्ण बहादुर महरालाई हाजिर जमानीमा रिहा गरेको छ । उनलाई छाड्न प्रहरीले सरकारी वकिलसँग सहमति लिएको थियो ।

फौजदारी कार्यविधि संहिता–२०७४ को दफा १५ अनुसार कसुरको गाम्भिर्यता हेरेर अनुसन्धान अधिकृतले हाजिर जमानी, धरौटी वा तारेखमा राख्नसक्ने व्यवस्था छ । तर, अनुसन्धान अधिकृतले छाड्नुअघि सरकारी वकिलको सहमति लिनुपर्छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले महरालाई छाड्न सहमति दिएका हुन् ।

महरालाई छाड्दा सीआईबीले ५ वटा आधार लिएको छ । म्याद थप गर्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालले उनलाई अस्पतालमा राख्न अनुमति दिएका थिए । पक्राउ परेपछि नर्भिक अस्पतालमा भर्ना भएका उनलाई बिमारको कारण हिरासत मुक्त गर्नुपर्ने अवस्था आएको सीआईबीको निष्कर्ष छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्,‘बयानमा पनि उहाँले बिरामी भएको कुरा बताउनुभएको थियो, न्यायाधीशले पनि अस्पताल राख्ने आदेश गरेको अवस्था थियो ।’

महराले ८ प्रकारको औषधी सेवन गरिरहेको र स्वास्थ्य समस्याबारे अस्पतालको कागजातको आधारमा प्रहरीले उनलाई रिहा गर्ने निर्णय गरेको हो । अनुसन्धानमा संलग्न अधिकृत भन्छन्,‘उहाँको वृद्ध अवस्था पनि हाजिर जमानीमा रिहा गर्नुपर्ने अर्को कारण रह्यो ।’

पक्राउ गरेपछि प्रहरीले सरकारी वकिलको रोहबरमा महराको बयान पुरा गरेको छ । ‘बयान पुरा भैसकेको छ’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्,‘हाजिर जमानीमा छाडेर अनुसन्धान गर्ने कानुनी व्यवस्था पनि भएको हुनाले छाड्ने निर्णय गरिएको छ ।’

इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई रुपन्देहीबाट पक्राउ गरेको थियो । २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले काठमाडौँमा ल्याएको भेप छुटाउन महराले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालिन प्रमुख भन्सार प्रशासकलाई आग्रह गरेका थिए । 

सुन ल्याउने समूहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग महराको ‘कनेक्सन’ देखिएको छ । अनुसन्धान अधिकृतहरुसँगको बयानमा वाङसँग आफ्नो सम्पर्क रहेको महराले स्वीकार गरेका छन् । बयानमा उनले भनेका छन्– ‘दाओजिन वाङसँग सम्पर्क छ तर, कारोबार गरेको छैन ।’

यसअघि सो प्रकरणमा सीआईबीले महरालाई कागज गराएर उन्मुक्ति दिएको थियो । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनः मुद्दा चलाउन सिफारिस गरेको छ । आयोगको प्रतिवेदनको आधारमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष समेत रहेका महरालाई अनुसन्धानको दायरामा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ