पूर्णप्रसाद न्यौपाने / कार्तिक ५,ओखलढुंगा । स्थानीय शान्ति समिति ओखलढुंगाको कार्यक्रम संचालन तर्फको रकम शान्ति समितिका सचिव र पदाधिकारीको मिलेमतोमा हिनामिना गरेको खुलासा भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने / कार्तिक ५,ओखलढुंगा । स्थानीय शान्ति समिति ओखलढुंगाको कार्यक्रम संचालन तर्फको रकम शान्ति समितिका सचिव र पदाधिकारीको मिलेमतोमा हिनामिना गरेको खुलासा भएक"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ओखलढुंगामा स्थानिय शान्ति समितिको रकम मिलेमतोमा हिनामिना गरेको खुलासा

५ कार्तिक २०७३, शुक्रबार १४:३०

पूर्णप्रसाद न्यौपाने / कार्तिक ५,ओखलढुंगा । स्थानीय शान्ति समिति ओखलढुंगाको कार्यक्रम संचालन तर्फको रकम शान्ति समितिका सचिव र पदाधिकारीको मिलेमतोमा हिनामिना गरेको खुलासा भएको छ । सचिव निलम अधिकारी र दुई आर्थिक वर्षमा कार्यरत संयोजकहरुको मिलेमतोमा हिनामिना भएको खुलासा भएको हो । आर्थिक वर्ष ०७१÷०७२ र ०७२÷०७३ को स्मारिका प्रकाशन गर्न निकासा लिइएको ५० हजारका दरले दुई आर्थिक वर्षको एक लाख रकम स्मारिका नै प्रकाशन नगरि जिल्ला प्रशासन कार्यालयबाट फरफराक गरिएको छ । कार्यालयमा कार्यक्रम पेश गर्दा ५० हजारका दरले स्मारिका प्रकाशन गर्न रकम लिए पनि स्मारिका प्रकाशन भएको छैन । स्मारिका प्रकाशन गर्न रकम भूक्तानी दिए पनि प्रकाशन भए नभएको बारे जानकारी नभएको जिल्ला प्रशासन कार्यालयका लेखापाल राजेन्द्र राईले बताउनुभयो । 

आर्थिक वर्ष ०७२÷०७३ को स्वीकृत कार्यक्रम संचालन गर्न समितिका सचिव निलम अधिकारी र संयोजक रुद्रकुमार फुयलले २ लाख ५० हजारका दरले पाँच लाख रकम लिए पनि कार्यक्रम संचालनको खर्च सार्वजनिक भएको छैन । लिइएको रकम ०७३ असार ३१ गते नै फरफराक भइसकेको छ । कार्यक्रम संचालन गर्न खटाइएका समितिका सदस्यहरुले पारिश्रमिक र संचालन खर्च समेत नदिएको गुनासो गर्दै आएका छन् । ‘कार्यक्रम सञ्चालन गर्न भनियो,भने अनुसार गरियो तर पेस्कि वापतको रकम बाहेक कार्यक्रम खर्च र पुरा रकम पाईएन’ एक सदस्यले भन्नुभयो । 

स्मारिका प्रकाशन नभइ फरफराक भएको विषयमा समितिका संयोजक फुयलले आर्थिक वर्ष ०७२÷०७३ को रकम खातामा रहेको र प्रकाशनको तयारी गरेको बताउनुभयो । अघिल्लो आर्थिक वर्ष ०७१÷०७२ को रकमबारे सचिव अधिकारी र तत्कालीन संयोजक चम्पा कार्की जिम्मेवार हुनु पर्ने फुयलको भनाइ छ । ‘अघिल्लो वर्षको बजेटको जवाफ अघिल्लो संयोजकले दिनुहोला तर पछिल्लो आवको बजेट हामीसँगै छ,स्मारिका पनि प्रकाशन गर्ने तयारी गरिरहेका छौँ’फुयलले भन्नुभयो । स्मारिका प्रकाशनका लागि निकासा भएको रकम कामै नगरि बाँडेर खाने विषयमा केहि सदस्यहरु बिच छलफल भएको बुझिएको छ । संयोजक फुययले पनि यो विषय केहि सदस्यहरुले प्रस्ताव गरेको स्विकार गर्दै आफुले काम नगरि फजुल खर्च नगर्ने,वा बाँडेर नखाने विषयमा अडान लिएको दावी गर्नुभयो । स्रोतका अनुसार उच्च सरकारी अधिकारीसँग पनि रकम बाँडेर खाने विषयमा प्रस्ताव पुगेको र त्यहाँबाट अस्विकार भएपछि रकम अहिले व्यक्तीकै खातामा राखिएको स्रोतले जनाएको छ ।  दुवै आर्थिक वर्षमा पुस्तक प्रकाशन नभए पनि रकम फरफराक भएपछि समितिका सदस्यहरुले नै छानविन गर्न माग गरेका छन् ।  

उता सचिव अधिकारीले भने आफुसँग कुनै रकम बाँकी नरहेको र यस विषयमा आफुलाई भन्दा बढि संयोजकलाई जानकारी हुने भन्दै गैरजिम्मेवार जवाफ दिनुभयो । कार्यक्रम सञ्चालनमा खटिएका समितिका सदस्यहरुले काम पुरा गरेको विवरण र विल नबुझाएकाले रकम नदिईएको उहाँको भनाई छ । 

स्थानीय रेडियोहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता परिवार छानविन आयोगको सुचना प्रशारण गरेको रकम भने विल नमिलेको भनेर १० हजार रुपैया भुक्तानी रोकिएको छ । स्मारिका प्रकाशन नगरि रकम हिनामिना गर्दा बिल मिल्ने, सुचना प्रशारण गरेको विल नमिल्ने अचम्मको विषय भएको रेडियो संचालकहरुको भनाइ छ । 

शान्ति समितिको रकम हिनामिना भएको विषयमा प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले रकम दुरुपयोग भएको गुनासो आएकाले त्यस विषयमा छानविन गर्ने बताउनुभयो । विगत देखि नै ओखलढुंगामा स्थानिय शान्ति समितिको रकम जिल्लाका विभिन्न तहमा अनियमितता हुने गरेको खुल्दै आएको छ । राजनैतिक दलहरुको प्रत्यक्ष सहभागिता र प्रतिनिधीत्वहुने निकाय स्थानिय शान्ति समितिमा नै व्यापक अनियमीतता हुनुले शुसासन प्रति ओखलढुंगाका राजनैतीक दलहरु संवेदनशिल नभएको देखाएको छ । सबैदलले हरेक ६/६ महिनामा समितिको नेतृत्व गर्ने भएकाले कुनै एक दलको नेताले नेतृत्वगर्दा अनियमीतता भएपनि अर्को दलले त्यसको विरोध नगर्दा अनियमितता मौलाएको सरोकारवालाहरुको आरोप छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु