चैत १४, काठमाडौँ । अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम पक्राउ परेकी छिन् । उनलाई महाराजगञ्ज प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले उनलाई म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराउन लागिएको जानकारी दिए । उनका अनुसार बमविरुद्ध आपराधिक लाभ लिएको कसुरमा अनुसन्धान भइरहेको छ ।
हालै अदालतले बमकाे मानहानि गरेकाे मुद्दामा रस्मिला धामी दाेषी ठहर भएकी थिइन् । बम पक्राउ परेपछि धामीले न्यायकाे लडाइँ जारी रहेकाे बताएकी छिन् ।