२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपालीलाई विदेश पठाउँदा महिनाको एक लाख तलब तोकियोस्: सांसद राई

२०८०, १९ चैत्र सोमबार ०९:०४

चैत १९, काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका सांसद रामकुमार राईले वैदेशिक रोजगारीमा जानेहरूको मासिक पारिश्रमिक एक लाख रुपैयाँ तोक्नुपर्ने बताएका छन् । 

सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूको मासिक पारिश्रमिक एक लाख रुपैयाँ तोकिनुपर्ने बताएका हुन् । उनले फ्रि भिसा फ्रि टिकट भनिएपनि दुई लाख रुपैयाँसम्म लिएर विदेश पठाउने गरिएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले देशभरका पालिकाबाट सदरमुकाम जोड्ने सडक कालोपत्रे गर्न माग पनि गरे ।

उनले भने,‘वैदेशिक रोजगारीमा फ्रि भिसामा जानेलाई डेढ लाख देखि दुई लाख लिएर पठाइरहेको छ । कतिले काम पाइरहेको छैन । भनेको कम्पनी पाइरहेको छैन । बेरोजगार भएर जेलमा बस्नुपरेको छ । सरकारले यसमा पहलकदमी लिओस् । विदेश पठाउँदा नेपाली दाजुभाइलाई महिनाको एक लाख तलब तोकियोस् ।’

सांसद राईले २०७२ सालको भूकम्पपछि राहतस्वरुप घर पुनः निर्माणको लागि रकम दिने भनेपनि पहिलो किस्ता पछिका किस्ता नदिइएको भन्दै तुरुन्तै पीडितहरूलाई भुक्तानी दिन माग गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा