Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आयरल्यान्ड वुल्भ्सबिरुद्द नेपालको खराब प्रर्दशन, गुमायो ५ विकेट

२०८०, २१ चैत्र बुधबार ०८:१३

चैत २१,  काठमाडौँ । नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीच भइरहेको एकदिवसिय श्रृखंलाको पहिलो खेलको दोस्रो इनिङमा नेपाल ‘ए’को खराब प्रर्दशन देखिएको छ। अहिलेसम्म नेपालले ५ विकेट गुमाइसकेको छ।

सबै खेलाडी क्याच आउट भएका छन्। पछिल्लो विकेटका रुपमा अर्जुन साउद ४ बलमा ४ रन बनाएर क्याच आउट भए्। यसअघि आरिफ शेख ५ बल खेलेर शुन्य रनमा क्याच आउट भएका हुन।

नेपालका ओपनर ब्याट्सम्यान देव खनाल र अर्जुन कुर्मीसहित भिम सार्की आउट भए। खनाल २२ बलमा २६ रन बनाएर आउट भएका थिए भने कुर्मीले १४ बलमा ९ रन मात्र बनाउन सफल भए। यसैगरी भिम सार्की शून्यमा आउट भएका थिए।


नेपाल ‘ए’ले ९.२ ओभरमा ५ विकेट गुमाएर ५५ रन मात्र बनाएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ्ग गरेको आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’लाई खेल जित्नका लागि १५८ रनको लक्ष्य दिएको छ।

पहिलो इनिङको ३९औँ ओभरमा नेपाल ए का कमलसिंह ऐरीको ह्याट्रिक विकेटले आयरल्यान्ड वुल्भ्स १५७ रनमै सिमित भएको हो। बुधवार कीर्तिपुर मैदानमा भएको खेलमा ३८.३ ओभरमै आयरल्यान्ड वुल्भ्सका सबै विकेट पतन भएको थियो।

नेपालका बलर कमलसिंह ऐरीले ‘ह्याट्रिक’ सहित ४ विकेट लिए। उनले ३९ औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार तीन विकेट लिएका हुन। ६.३ ओभर बलिङ गरेका ऐरीले एउटा ओभर मेडन फाल्दै २१ रन दिएका थिए।  

यसैगरी मौसम ढकाल र साहब आलमले दुई/दुई विकेट लिए भने रिजन ढकालले एक विकेट हात पारे।

केड कार्माइकलले वुल्भ्सका तर्फबाट सर्वाधिक रन बनाएका छन्। उनले ७७ बलमा चार चौकासहित ५१ रन बनाएका हुन। कप्तान रकले भने ३२ बलमा दुई चौका र तीन छक्कासहित ३९ रन बनाए। पेटर मुरले २१ रन बनाउँदा जेम्स म्याकोलम र स्टेफन डोहेनीले १२/१२ रन थपे।

निर्धारित तालिका अनुसार दोस्रो खेल शुक्रवार र अन्तिम खेल आइतबार हुनेछ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली