Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राजनीतिक पहुँचकै भरमा कामै नगरी तलब खान्छन कर्मचारी !

२०८०, २१ चैत्र बुधबार ०८:२२

चैत २१, सिरहा | मुकेश कुमार यादब | सिरहाको विष्णुपुर गाउँपालिकामा कार्यरत्त कर्मचारीले काम नै नगरी तलव भत्ता बुझने गरको पाइएको छ। गाँउपालिकाका प्रशासन शाखामा कार्यरत कर्मचारी महेन्द्र यादब र पोषण सहजकर्ताको रुपमा कार्यरत लक्ष्मी कुमारी यादबले घरै बसी–बसी तलव भत्ता बुझने गरेको पाइएको हो। 

राजनीति पहुँचक र चिनजातका भरमा दुबै कर्मचारीले काम नै नगरी तलबभत्ता बुझ्ने गरेको त्यहि कार्यरत एक कर्मचारीले बताए। नाम नबताउने सर्तमा ती कर्मचारीले भने, ‘दुबैजना कार्यालय हाजिर गर्न मात्र आउँछन्। कार्यालय प्रमुख र गाँउपालिका अध्यक्षलाई राजनीतिक दवावमा पारेर निर्वाधरुपमा तलव भत्ता लिने गरेका छन्।’


तत्कालिन जिल्ला विकास समितिमा नायव सुव्वा (पाँचौ) तहमा अस्थायी सेवाका कर्मचारी महेन्द्र यावदलाई गाँउपालिका स्थापना भएको केहि दिनमै सरुवा गराएर आएको प्रशासकीय अधिकृत रामप्रवेश यादवले जानकारी दिए। 

उनले भने, ‘गाउँपालिकामा महेन्द्र सर अहिले प्रशासन शाखामै वस्दै आएको छ। केही वर्ष अगाडि उहाँलाई राजस्व शाखाको जिम्मेवारी दिईएको थियो। तर, राजस्व हिनामिना गरीएको विषयमा विवादित भएकोले उनलाई अहिले प्रशासन शाखामै राखीएको छ।’ 

उनले थपे, ‘हामी तिनजना कर्मचारी प्रशासन शाखामा छौ, यो शाखामा खासै कामपनि हुदैन। तर वहाँ कार्यालय आउनुहुन्छ।’

कार्यलय आएपनि हाजिर गरेर बाहिर व्यतिmगत काममा व्यस्त रहने गुनासो आएको विषयमा प्रशासकीय अधिकृत यादवले केहि प्रतिकृया दिन चाहेनन्।

त्यसैगरी, गाँउपालिका स्वास्थ्य संयोजक राम सेवकलाई पोषण सहजकार्ताको बारेमा जिज्ञासा राख्दा ‘विगतमै लक्ष्मी कुमारी यादबलाई पोषण कार्यक्रम सयम् सेवकको रुपमा राखिएको थियो। अहिले मन्त्रालयले सहजकार्ताको रुपमा तलव भत्ता खुवाउने भनिएको छ। उनले भने, ‘पालिकाले मन्त्रालयको निर्देशनानुसार तलव खुवाउदै आएको सहजकार्ताले वर्षमा दशवटा कार्यक्रम मात्र गर्नुपर्ने भएकोले पालिकामा नबसेपनि तलव खुवाउनुपर्ने हुन्छ। तोकिएको कार्यक्रम बाहेक अरु काममा लगाउन पनि मिल्दैन।’ 

उनले थपे, ‘गाँउपालिका अध्यक्षको निरहताको कारण पालिकाले गति लिन सकिरहेको छैन। गाँपा अध्यक्ष सत्यनारायण यादवलकै कारण पालिकामा कामगर्ने वातावरण विग्रदै गईरहेको छ।’

गाँपा अध्यक्ष यादवले कर्मचारीलाई राजनितिक कार्यकर्ताको रुपमा चलाउन खोजेको कर्मचारीहरुको गुनासो रहँदै आएको छ। ‘कर्मचारीहरुले नीयम कानुन विपरित प्रेसर गरेर काम गर्न लगाएपछि कर्मचारी कसरी काम गर्छ?’ कर्मचारीहरुको प्रश्न छ।

कार्यालयमा विरलै देखापर्ने प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंहलाई कर्मचारीको विषयमा प्रतिक्रिया लिन उनले प्रयोग गर्ने कार्यालयको नम्वर ९८५२८३४७५९ र व्यक्तिगत नम्वरमा फोन गरेपनि मोवाइल स्चि अफ थियो।

यता, कर्मचारी द्वयको वारेमा गाँपा अध्यक्ष सत्यनारायण यादवसंग कुरा गर्न खोज्दा उनी ‘यो विषयमा पछि कुरा गर्छु भन्दै पन्छिए। उनले भने, ‘यो कर्मचारीको विषयमा तपाईं कार्यालय तिरै आउनुस्, हामी सँगै बसेरै कुरा गरौंला भन्दै फोन काटे।’

तत्कालिन गाउँपालिका अध्यक्ष जागेस्वर यादबको पालामा राजस्व हिनामिना गरेको भन्दै २०७८ सालमै महेन्द्र यादवको जिम्मेवारी खोसिएको नाम नखोल्ने शर्तमा एक कर्मचारीले बताए। उनले भने, ‘जिम्मेवारी खोसिए देखी हालसम्म उनलाई गाँपाले कुनै जिम्मेवारी दिएको छैन। यादब प्रत्येक दिन पञ्जिकरण शाखामा गएर हाजिर गरेर  बाहिर जानु हुन्छ। त्यतिकै हाजिरी बनाएर आउ–जाउ गरेरै तलब बुझिरहेका छन।’ 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली