चैत २१, काठमाडौँ । रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निषेधको राजनीतिक गरेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उपप्रधान तथा गृहमन्त्रीले जवाफ दिन्छु भन्दा पनि बोल्न नदिएकोप्रति असन्तुष्टि व्यक्त गरे।
उनले भने, ‘संसदीय छानबिन समिति बनाउनु आपत्ति होइन, कस्तो नजिर बनाउन गइरहेका छौँ। सर्वदलीय सहमति गरौँ, आरोप लाग्नासाथ सबैले राजीनामा गरौँ मन्त्रीले मात्रै होइन, सांसदले पनि राजीनामा गरौँ र आरोप जाहेरी पर्यो भने राजीनामा दिने र संसदीय समिति गठन गर्ने यो नजिर स्थापन गर्न तयार हो ? सर्वदलीय सहमति गरौँ सबै तयार हो भने पहिलो हस्ताक्षर रास्वपाले गर्नेछ।
तर, बाहिर अनुसन्धान प्रभावित गरिने, राज्यका निकायहरूमाथि अविश्वास गरिने, कुराहरूलाई हामीले संसदभित्र प्रवेश गरायौँ भने सुनदेखि वाइडबडीसम्म, टिकापुरदेखि बाल मन्दिरसम्म, शरणार्थीदेखि टेरामक्ससम्म, झण्डा हल्लाउँदै अख्तियार धाएको कुरादेखि लिएर भ्रष्टाचारमा प्रमाणित भएका नेतालाई सरकारी खर्चमा सालिक बनाइएको कुरा पनि त प्रवेश हुन्छ होला नि। त्यसैले अलि संयमित बनौँ। गृहमन्त्रीले जवाफ दिन्छु भन्नुभएको छ उहाँको कुरा सुनौँ त्यसले चित्त बुझेन भने समितिमा जाऔँला।’