सञ्चिता घिमिरे/कत्तिक ७, ललितपुर । शुक्रबार लेलेकी सरु तामाङको सहचालकसँगै विवाद भएको थियो । भिड भएको गाडीमा अलि पछाडि जानका लागि सहचालक भनिरहेका थिए । तामाङ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सञ्चिता घिमिरे/कत्तिक ७, ललितपुर । शुक्रबार लेलेकी सरु तामाङको सहचालकसँगै विवाद भएको थियो । भिड भएको गाडीमा अलि पछाडि जानका लागि सहचालक भनिरहेका थिए । तामाङ"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चालक र सहचालकले यात्रुलाई दैनिक यसरि गर्छन दुर्व्यवहार !

७ कार्तिक २०७३, आईतवार ०९:१७


सञ्चिता घिमिरे/कत्तिक ७, ललितपुर । शुक्रबार लेलेकी सरु तामाङको सहचालकसँगै विवाद भएको थियो । भिड भएको गाडीमा अलि पछाडि जानका लागि सहचालक भनिरहेका थिए । तामाङले त्यसभन्दा पछाडि जाने ठाउँ नभएको भनेपछि सहचालकले मन लागेको ठाउँमा बस्न निजी गाडी होइन भन्दै उनलाई झपारे । 

सार्वजनिक यातायातमा यात्रु र सहचालकका बीचमा भाडा, सिटलगायत विषयमा दैनिक विवाद हुने गरेको छ । यात्रुले सहचालकसँग जिज्ञासा मात्रै राख्दा पनि तिनले नराम्रो व्यवहार गर्ने यात्रुको गुनासो छ । 

बालकुमारीबाट एकान्तकुनासम्म यात्रा गर्दा रु १७ भाडा तिर्दै आएका भैँसेपाटीका राजीव महर्जनले बिहीबार रु २० को नोटबाट फिर्ता पाएनन् । सहचालकसँग भाडा बढेको हो भनेर सोध्दा विवाद भएको थियो । चानचुन नभएको भन्दै सहचालक यात्रुसँग झगडा गर्न तम्सिए । 

यी र यस्तै दृष्य सार्वजनिक सवारीमा दैनिक रुपमा देखिन्छ । तामाङ र महर्जन जस्तै सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुले सहचालकको दैनिक दुव्र्यवहार सहनु परिरहेको छ । भाडा तिरेर यात्रा गर्दा समेत सहचालकले सिँत्तैमा लगिदिन परेको जस्तो व्यवहार गर्ने यात्रु बताउँछन् । 

भाडा बढी लिँदा, भिड गाडीमा यात्रुलाई असहज हुँदा, गाडी धेरै ठाउँमा रोकिरहँदा लगायत कारणले विवाद हुने गरेको हो । दैनिक रुपमा हुने विवाद कहिलेकाहीँ सामान्य झगडामा टुङ्गिने गरेको छ भने कहिले लम्बिने गरेको छ । 

यातायात क्षेत्रका अगुवा राम थापा यात्रुसँग राम्रो व्यवहार गर्न लगानीकर्ताले चालक/चालकलाई नसिकाउने बताउनुहुन्छ । यात्रुसँग जे जसरी पनि बढी भाडा लिनका लागि सञ्चालकले दबाब दिने गरेका छन् । सार्वजनिक सवारीमा सहचालक र चालक पढाइ कम भएका धेरै छन् । उनीहरुमा व्यावहारिक ज्ञान कम छ । उहाँ भन्नुहुन्छ – “लगानीकर्ताले बढी भाडा लिन मात्रै नभएर यात्रुसँग राम्रो व्यवहार गर्न पनि सिकाउन खाँचो छ ।” 

महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख (प्रहरी निरीक्षक) सीताराम हाछेथुले सहचालकमा यात्रुलाई सम्मान गर्नुपर्छ भन्ने भावना नभएको बताउनुभयो । उहाँले भन्नुभया – “यात्रुलाई तँ भन्ने, भाडा तिरेपछि फिर्ता माग्दा भीख मागेको जस्तो व्यवहार गर्छन् ।” सम्बन्धित निकायले चालक र सहचालकलाई यात्रुसँग गर्ने व्यवहार र सवारी नियमका विषयमा ज्ञान दिनुपर्ने उहाँ बताउनुहुन्छ । समयमा गुडाउने र समयमा पु¥याउने विषयमा पनि चालकले वास्ता गर्दैनन् । भरिएपछि मात्रै चालकले गुडाउँदा पनि विवाद भइरहेको छ । 

यात्रु आफैँ सजग हुँदा मात्रै सार्वजनिक यातायातमा चालक सहचालकको व्यवहार सुधार हुन सक्छ । यात्रुले आफूलाई नराम्रो व्यवहार गर्नासाथ ट्राफिक प्रहरीलाई उजुरी गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – “उजुरी गर्ने र कारबाही भए/नभएको बुझ्नुपर्ने खाँचो छ । महाशाखाको नं १०३ र महानगरीय ट्राफिक प्रहरी परिसरको नं ११०३ मा आएका उजुरीका आधारमा कारबाही भइरहेको ट्राफिक प्रहरीको जिकिर छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान