सञ्चिता घिमिरे/कत्तिक ७, ललितपुर । शुक्रबार लेलेकी सरु तामाङको सहचालकसँगै विवाद भएको थियो । भिड भएको गाडीमा अलि पछाडि जानका लागि सहचालक भनिरहेका थिए । तामाङ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सञ्चिता घिमिरे/कत्तिक ७, ललितपुर । शुक्रबार लेलेकी सरु तामाङको सहचालकसँगै विवाद भएको थियो । भिड भएको गाडीमा अलि पछाडि जानका लागि सहचालक भनिरहेका थिए । तामाङ"/>

2026-09-08 12:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चालक र सहचालकले यात्रुलाई दैनिक यसरि गर्छन दुर्व्यवहार !


सञ्चिता घिमिरे/कत्तिक ७, ललितपुर । शुक्रबार लेलेकी सरु तामाङको सहचालकसँगै विवाद भएको थियो । भिड भएको गाडीमा अलि पछाडि जानका लागि सहचालक भनिरहेका थिए । तामाङले त्यसभन्दा पछाडि जाने ठाउँ नभएको भनेपछि सहचालकले मन लागेको ठाउँमा बस्न निजी गाडी होइन भन्दै उनलाई झपारे । 

सार्वजनिक यातायातमा यात्रु र सहचालकका बीचमा भाडा, सिटलगायत विषयमा दैनिक विवाद हुने गरेको छ । यात्रुले सहचालकसँग जिज्ञासा मात्रै राख्दा पनि तिनले नराम्रो व्यवहार गर्ने यात्रुको गुनासो छ । 

बालकुमारीबाट एकान्तकुनासम्म यात्रा गर्दा रु १७ भाडा तिर्दै आएका भैँसेपाटीका राजीव महर्जनले बिहीबार रु २० को नोटबाट फिर्ता पाएनन् । सहचालकसँग भाडा बढेको हो भनेर सोध्दा विवाद भएको थियो । चानचुन नभएको भन्दै सहचालक यात्रुसँग झगडा गर्न तम्सिए । 

यी र यस्तै दृष्य सार्वजनिक सवारीमा दैनिक रुपमा देखिन्छ । तामाङ र महर्जन जस्तै सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुले सहचालकको दैनिक दुव्र्यवहार सहनु परिरहेको छ । भाडा तिरेर यात्रा गर्दा समेत सहचालकले सिँत्तैमा लगिदिन परेको जस्तो व्यवहार गर्ने यात्रु बताउँछन् । 

भाडा बढी लिँदा, भिड गाडीमा यात्रुलाई असहज हुँदा, गाडी धेरै ठाउँमा रोकिरहँदा लगायत कारणले विवाद हुने गरेको हो । दैनिक रुपमा हुने विवाद कहिलेकाहीँ सामान्य झगडामा टुङ्गिने गरेको छ भने कहिले लम्बिने गरेको छ । 

यातायात क्षेत्रका अगुवा राम थापा यात्रुसँग राम्रो व्यवहार गर्न लगानीकर्ताले चालक/चालकलाई नसिकाउने बताउनुहुन्छ । यात्रुसँग जे जसरी पनि बढी भाडा लिनका लागि सञ्चालकले दबाब दिने गरेका छन् । सार्वजनिक सवारीमा सहचालक र चालक पढाइ कम भएका धेरै छन् । उनीहरुमा व्यावहारिक ज्ञान कम छ । उहाँ भन्नुहुन्छ – “लगानीकर्ताले बढी भाडा लिन मात्रै नभएर यात्रुसँग राम्रो व्यवहार गर्न पनि सिकाउन खाँचो छ ।” 

महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख (प्रहरी निरीक्षक) सीताराम हाछेथुले सहचालकमा यात्रुलाई सम्मान गर्नुपर्छ भन्ने भावना नभएको बताउनुभयो । उहाँले भन्नुभया – “यात्रुलाई तँ भन्ने, भाडा तिरेपछि फिर्ता माग्दा भीख मागेको जस्तो व्यवहार गर्छन् ।” सम्बन्धित निकायले चालक र सहचालकलाई यात्रुसँग गर्ने व्यवहार र सवारी नियमका विषयमा ज्ञान दिनुपर्ने उहाँ बताउनुहुन्छ । समयमा गुडाउने र समयमा पु¥याउने विषयमा पनि चालकले वास्ता गर्दैनन् । भरिएपछि मात्रै चालकले गुडाउँदा पनि विवाद भइरहेको छ । 

यात्रु आफैँ सजग हुँदा मात्रै सार्वजनिक यातायातमा चालक सहचालकको व्यवहार सुधार हुन सक्छ । यात्रुले आफूलाई नराम्रो व्यवहार गर्नासाथ ट्राफिक प्रहरीलाई उजुरी गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – “उजुरी गर्ने र कारबाही भए/नभएको बुझ्नुपर्ने खाँचो छ । महाशाखाको नं १०३ र महानगरीय ट्राफिक प्रहरी परिसरको नं ११०३ मा आएका उजुरीका आधारमा कारबाही भइरहेको ट्राफिक प्रहरीको जिकिर छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल