कात्तिक ७, बुटवल । बुटवलमा जारी राष्ट्रिय औधोगिक, कृषि, पर्यटन प्रबद्र्धन प्रदर्शनी तथा प्रथम तिहार महोत्सवमा कुस्तीको रौनक थपिएको छ ।

खेल संयोजक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ७, बुटवल । बुटवलमा जारी राष्ट्रिय औधोगिक, कृषि, पर्यटन प्रबद्र्धन प्रदर्शनी तथा प्रथम तिहार महोत्सवमा कुस्तीको रौनक थपिएको छ ।

खेल संयोजक "/>

2026-09-18 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुटवलको महोत्सवमा कुस्तीको रौनक


कात्तिक ७, बुटवल । बुटवलमा जारी राष्ट्रिय औधोगिक, कृषि, पर्यटन प्रबद्र्धन प्रदर्शनी तथा प्रथम तिहार महोत्सवमा कुस्तीको रौनक थपिएको छ ।

खेल संयोजक बाबुराम आचार्यका अनुसार आईतबारदेखि शुरु भएको पुरुष तथा महिला कुस्ती प्रतियोगिता हेर्न दर्शकको घुँइचो लागेको थियो । पहिलो दिन ६ जोडीको कुस्ती प्रतिस्पर्धा भएको छ । जसमा एक जोडी महिला थिए । कुस्ती प्रतियोगितामा नवलपरासीको त्रिवेणीका महलमान मनु बर्माले भारतका भिम, सिकन्दर, सुमित र घोटुचकलाई पराजीत गरे भने  रुपन्देही मर्चवारका घोटुचोक बराबरीमा रोकिए । महिला कुस्तीमा भारतका गोरखपुरमा दिपा र निशा भिडेका थिए । दिपाले निशालाई पराजीत गरेकी छन् । सोमबार पनि दिउँसो १ बजेदेखि कुस्ती प्रतियोगिता सञ्चालन हुने खेल संयोजक आचार्यले जानकारी दिए ।   

यसैबीच मेलामा आईतबार ख्यातिप्राप्त लोक तथा दोहोरी गायिक राधिका हमालले सांगीतिक महोल तताइन् । उनले आधा दर्जन आफ्ना चर्चित गीत गाएर दर्शकलाई नचाइन् । त्यस्तै चर्चित गायक कमल खत्रीले पनि गीत गाएर दर्शकलाई मनोरञ्जन दिए । दोहोरीतर्फ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जाले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान क्षेत्रीय टिम पाल्पा रामपुरलाई पराजीत गरेको छ । सोमबार मिर्मिरे दोहोरी साँझ बुटवल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्युठानका कलाकार बीच प्रतिस्पर्धा हुने सांस्कृतिक उपसमितिका संयोजक तथा आयोजक नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन बुटवलका उपाध्यक्ष गोविन्द गैरेले जानकारी दिए । गैरेका अनुसार सोमबार चर्चित आधुनिक गायक हेमन्त शर्मा, गायिक  ज्योति मगर लागयतका कलाकारको प्रस्तुति रहनेछ । 

नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन बुटवलको आयेजनामा भइरहेको महोत्सवमा आईतबार २२ हजार दर्शकले अवलोकन गरेको र १ करोड २५ लाख बराबरको आर्थिक कारोबार भएको संगठनका महासचिव सिताराम रसाईलीले जानकारी दिए । दैनिक उपभोग्यबस्तु र होटलहरुमा उल्लेख कारोबार भएको उनले बताए । 

त्यस्तै अन्तराष्ट्रिय पेभिलियनमा पनि उच्च कारोबार भएको उनले उल्लेख गरे । महोत्सवमा गार्मेण्ट, जुत्ताचप्पल, होटल तथा रेष्टुरेण्ट लगायत दैनिक उपभोग्य बस्तुका स्टलहरुमा अवलोकनकर्ताको भिड बढेको आयोजकले बताएका छन् । त्यस्तै उटको नाच हेर्ने तथा बाल उद्यानमा खेल्ने वालवालिकाको संख्या पनि उल्लेख्य रहेको बताइएको छ । कात्तिक १५ गतेसम्म चल्ने महोत्सवमा स्वदेशी तथा विदेशी गरी ४ सय २२ स्टल सहभागी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई