2026-08-29 05:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

बैतनिक वकिलद्धारा प्रबाह गरिने सेवा प्रभावकारी नभएको गुनासो

नन्दराम जैशी | कात्तिक ८, जुम्ला | जुम्लामा बैतनिक वकिलद्धारा प्रबाह गरिने कानुनी सेवा प्रभावकारी नभएको सरोकारवालाहरुको गुनासो रहेको छ । सर्वोच्च अदालतका न्याधिस गोविन्दकुमार उपाध्यायको उपस्थितिमा सम्पन्न भएको न्यायमा पहुचको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा ग्रामिण भेगका स्थानीयहरुमा बैतनिक वकिलले गर्ने काम कार्बाहीका बारेमा कुनै पनि जानकारी नभएको सरोकारवालाहरुले बताएका हुन् ।    

बैतनिक वकिल द्धारा प्रदान गरिने कानुनी सेवाका विषयमा सबैलाई जानकारी हुनु पर्ने जुम्लाबासिको भनाई रहेको छ । बैतनिक वकिलले दिने सेवालाई सबैमा सहजरुपमा पुर्याउनु पर्नेमा उनीहरुले जोड दिएका छन् । अधिबक्ता दिलबहादुर महतले बैतनिक वकिलद्धारा दिने कानुनी सेवालाई सहज बनाउन कार्यालय व्यवस्थापन हुनुपर्ने बताउनुभयो । पुर्व बैतनिक वकिल समेत रहनु भएका अधिबक्ता महतले हाल सम्म पनि बैतनिक वकिल बस्ने निश्चित स्थान नभएको भन्दै दैनिक कार्य सम्पादनमा समस्या हुने गरेको बताउनुभयो ।  

बैतनिक वकिलको जिम्मेबारी तथा क्षेत्राधिकारका विषयमा व्यापक रुपमा जानकारी गराउनका लागि संचार माध्यम संग सहकार्य तथा समन्वय आधारका अगाडी बढ्नु पर्ने उहाँको भनाई रहेको छ । यस्तै महिला अधिकारकर्मी माया नगरकोटीले स्थानीय महिलाहरुलाई बैतनिक वकिलद्धारा प्रबाह गरिने विषयमा जानकारी नभएको बताउनुभयो ।   

अधिकारकर्मी नगरकोटीका अनुसार बैतनिक वकिलले  आर्थिक रुपमा विपन्नहरुलाई निशुल्क सेवा प्रवाह गर्ने भएपनि यसको विषयमा अधिकाँशमा जानकारी नै नहुनु सोचनिय विषय भएको हो । आगामी दिनमा यसलाई प्रभावकारी बनाउन  जिल्लास्थित सम्बद्ध निकायले उचित ध्यान दिनुपर्ने उहाँको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो