कात्तिक ८, भीमदत्तनगर । एघार वर्षअघि कञ्चनपुरको दोधराचाँदनी नगरपालिका–४ का भीमबहादुर सिंहले माइली छोरी बृहस्पतिको कैलालीको चुहा नगरपालिकास्थित बचैलाका श्याम शाहीसंग "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ८, भीमदत्तनगर । एघार वर्षअघि कञ्चनपुरको दोधराचाँदनी नगरपालिका–४ का भीमबहादुर सिंहले माइली छोरी बृहस्पतिको कैलालीको चुहा नगरपालिकास्थित बचैलाका श्याम शाहीसंग "/>
६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

घरेलु हिंसाको सिकार बनेकी महिलाको विजोग

८ कार्तिक २०७३, सोमबार ०६:५४

कात्तिक ८, भीमदत्तनगर । एघार वर्षअघि कञ्चनपुरको दोधराचाँदनी नगरपालिका–४ का भीमबहादुर सिंहले माइली छोरी बृहस्पतिको कैलालीको चुहा नगरपालिकास्थित बचैलाका श्याम शाहीसंग परम्परागत विवाह गराउनुभयो । 

नयाँ जीवन श्रीमान् शाहीसंग बिताउन माइतीघरबाट बिदा हुनुभएकी बृहस्पति बिहेको पाँच महिनामै श्रीमान्को कुटाइबाट मानसिक असन्तुलन बन्नुभयो ।

दैनिक मादक पदार्थ सेवन गर्ने श्रीमान्को निर्घात कुटाइबाट मानसिक रोगको सिकार बन्नुभएकी उहाँ न्याय नपाउँदा एक दशकदेखि माइतीको आश्रयमा दिन कटाउन बाध्य हुनुहुन्छ । 

गर्भवती अवस्थामै श्रीमान्को पटक पटकको कुटाइबाट अर्धचेत अवस्थामा माइती घर पु¥याइनुभएकी बृहस्पतिको उपचारमा हालसम्म रु पाँच लाख खर्च भइसकेको बुवा भीमबहादुर बताउनुहन्छ । “आशीर्वाद दिएर छोरी अन्माएँ, मानसिक अवस्था गुमाएको अवस्थामा ल्याइदियो ।” उहाँ भन्नुहुन्छ– “त्योबेला माइती नेपाललगायतका न्याय दिलाउने सङ्घसंस्थासित गुहार गर्दा पनि कुनै पहल भएन ।” 

करिव आठ वर्ष पूर्णरुपमा मानसिक अवस्था गुमाएकी छोरीको माइती पक्षले भारतको दिल्लीदेखि काठमाडौँका अस्पतालसम्म पु¥याएर उपचार गरेपछि केही सुधार आएको छ । “उनीहरुले अहिलेसम्म न छोरीको कुनै वास्ता गरेका छन्, न न्याय, नत अंश दिन नै सहमति गर्छन् ।” रासससंगको कुराकानीमा भीमबहादुर गुनासो गर्नुहुन्छ– “कुरो गर्न जाँदा उल्टै दुव्र्यवहार गर्छन् ।” 

बृहस्पतिलाई मरणासन्न हुने गरी कुटेर माइतीघर लखेटेका श्रीमान् कान्छी श्रीमती भित्र्याएर भारतको मुम्बैमा बसोबास गर्दै आएका छन् । मादक पदार्थको लत लागेका उनले दैनिकजसो घरेलु हिंसा गर्न थालेपछि बृहस्पतिलाई छिमेकीको सहरामा माइत ल्याइएको थियो । 

“त्यसबखत माइतीआउँदा उनको टाउकोमा एउटा कपालसम्म थिएन ।” बुवा भीमबहादुर भन्नुहुन्छ– “मारेर गाड्नलाई घर छेउमा खाल्डोसमेत खनेका थिए रे ।” 

“अहिले त मेरो छोरो नै ११ वर्षको भइसकेछ ।” हाल उपचारमा रहनुभएकी बृहस्पतिको भनाइ छ – “छोरोलाई समेत बाल्यावस्थामै मबाट छुटाएर लगेका छन् ।” 

“छोरो एघार वर्ष भइसक्दा पनि न्यायका लागि पहल गरिदिने कोही भएन ।” उहाँको चिन्ता छ – “घर जाउँ, श्रीमान्को कुटाइ, के गरौँ, गरौँ अब ।” 

छोरीको उपचारमा दैनिक खर्चले माइती पक्ष समस्यामा परेका छन् । अहिले पनि उहाँको मानसिक अवस्था ठीक नहुँदा समस्या भइरहेको माइती पक्षको भनाइ छ । 

“धेरै समय त असन्तुलित भएकी छोरीलाई आम्लोमा बाँधेर पनि राख्ने अवस्था पनि आयो ।” बुबा भीमबहादुर भन्नुहुन्छ – “आश मारिसकेको थिएँ, अहिले निरन्तरको उपचारले केही सन्चो भएको छ, ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’