Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सलमानको घरमा गोली चलाउने अभियुक्तको हिरासतमै मृत्यु, हत्या प्रहरीले गरेको दाबी

By साझासवाल 4 मिनेट पढाइ

बैशाख २०, एजेन्सी | बलिउड अभिनेता सलमान खानको घरमा भएको गोलीकाण्डका एक अभियुक्तको हिरासतमै मृत्यु भएको छ ।  बुधबार प्रहरी हिरासतमै आत्महत्या गर्ने प्रयास गरेका अभियुक्त अनुज कुमारलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ ।

बिहान करिब ११:३० बजे ३२ वर्षीय अनुजले लकअप नजिकै रहेको शौचालयमा पाना लिएर आत्महत्या गर्ने प्रयास गरेका थिए ।

खबर पाएलगत्तै प्रहरीले आरोपीलाई गोकुलदास तेजपाल अस्पताल लगेको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार डाक्टरहरूले आरोपीलाई मृत घोषणा गरेका थिए।

यस घटनाको अनुसन्धान प्रदेश सीआईडीलाई सुम्पिएको छ । मुम्बई क्राइम ब्रान्चले अनुज र उनका सहयोगीलाई अप्रिल २५ मा पञ्जाबबाट गोली हानी हिरासतमा लिएको थियो । दुवै पञ्जाबको अबोहरका बासिन्दा हुन्।

सलमानको घरबाहिर भ‍एको गोलीकाण्डमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीले पञ्जाबको फाजिल्का जिल्लाबाट ३२ वर्षीय अनुजकुमार थापन र ३५ वर्षीय सोनुकुमार बिश्नोई लाई पक्राउ गरेको थियो।

पक्राउ परेका यी दुई व्यक्तिमाथि सलमान खानको बान्द्रास्थित घरमा आक्रमण गर्ने अभियुक्तलाई हतियार उपलब्ध गराएको आरोप छ।

आत्महत्या गर्ने अनुज ट्रक हेल्पर थिए। दोस्रो अभियुक्त सुभाष किसान हुन् । दुवै आरोपीविरुद्ध पञ्जाब र हरियाणामा धेरै मुद्दा दर्ता छन्। दुवैले धेरै वर्षदेखि लरेन्स बिश्नोईसँग काम गरिरहेका थिए ।

अनुज थापानले प्रहरी हिरासतमा आत्महत्या गरेको विषयमा परिवारका सदस्यले प्रश्न उठाएका छन् । अनुजका भाइ अभिषेकले प्रहरीले उनको हत्या गरेको दाबी गरेका छन् ।

उनले भने, ‘उनी आत्महत्या गर्ने खालको थिएनन् । हामी न्याय चाहन्छौँ।’ परिवारले अनुजको पोस्टमार्टम मुम्बई बाहिर गर्न पनि माग गरेको छ ।

मृतकको जन्म गाउँका सरपञ्च मनोज गोदाराले यस विषयमा समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै एकातिर सुपरस्टार सलमान खान र अर्कोतिर मजदुर रहेको बताए । दबाबमा आएर प्रहरीले उनको हत्या गरी आत्महत्या जस्तो देखिएको उनको आरोप छ ।