पदाधिकारीमा सहमति जुट्यो, सार्वजनिक भएन

कार्तिक ८, बुटवल । यसैबीच प्रदेश नम्बर ५ को राजधानी सबै दृष्टिकोणले उपयुक्त ठहरिने रुपन्देहीलाई नै कायम ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पदाधिकारीमा सहमति जुट्यो, सार्वजनिक भएन

कार्तिक ८, बुटवल । यसैबीच प्रदेश नम्बर ५ को राजधानी सबै दृष्टिकोणले उपयुक्त ठहरिने रुपन्देहीलाई नै कायम ग"/>
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

प्रदेश नम्बर ५ को राजधानी रुपन्देही बनाउन एमालेको माग

८ कार्तिक २०७३, सोमबार १५:३३

पदाधिकारीमा सहमति जुट्यो, सार्वजनिक भएन

कार्तिक ८, बुटवल । यसैबीच प्रदेश नम्बर ५ को राजधानी सबै दृष्टिकोणले उपयुक्त ठहरिने रुपन्देहीलाई नै कायम गरियोस भनी एमालेले माग गरेको । भैरहवामा जारी आठौं अधिवेशनमा महत्वपूर्ण प्रस्ताव पारित गर्दै यस्तो माग गरिएको प्रस्ताव लेखन उपसमितिका संयोजक भरतकुमार पोखरेलले जानकारी दिए । 

हालको पा“च नम्बर प्रदेशको सिमांकन समेत यथावत राख्न एमालेले माग गरेको छ । प्रचण्ड नेतृत्वको सरकारको असन्तुलिय परराष्ट्र नेपाललाई सार्वभौमिकता र क्षेत्रीय  अखण्डतामा आघात गएको महशुस गरिएकोले त्यसपति सचेत रहन आग्रह गरिएको छ । 

अधिवेशनले पोखरेलको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको थियो । रुपन्देहीमा व्यवसायिक कृषि प्रवद्धन, पर्यटन र उर्जा विकासका लागि कालीगण्डकी–तिनाउ डाइर्भसन बहुउद्देश्यीय परियोजनाको काम अविलम्ब सुरु गर्न पनि सरकारस“ग माग गरेको छ ।  

निर्माणाधिन अवस्थामा रहेका राष्ट्रिय गौरवका आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थल तथा बेलहिया–बुटवल व्यापारिक मार्गको निर्माणकार्य तोकिएको समयमा सम्पन्न गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।  

साथै आव ०७३÷०७४ मा सम्पन्न गर्न प्रस्तावित गरो रुपन्देही जिल्लाका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सरकारी शिक्षण अस्पताल निर्माण, पूर्व पश्चिम राजमार्ग बिस्तार साथै वुद्ध सर्किट मार्गलगायत परियोजनाहरु यथाशीर्घ सम्पन्न गरियोस भनी सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । 

सबै पूर्वाधार पूरा गरी भैरहवाको विशेष आर्थिक क्षेत्र सेज अभिलम्ब सञ्चालन गर्न पनि एमालेले माग गरेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयमा बहु विषयको अध्ययन अध्यापन गराउ“दै वौद्ध धर्म दर्शनको अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्रका रुपमा विकास गर्न माग गरेको छ । 

एमाले जिल्ला अधिवेशनले केपी ओली नेतृत्वको सरकारले चिनसंग गरेको व्यवपार सम्बन्धलाई अहिलेको सरकारले ओझेलमा पार्ने काम गरेको भन्दै चनाखो हुनुपर्नेमा जोड दिएको छ । यस्ता सम्झौताहरु तदारुककताका साथ कार्यान्वनय गर्न पनि एमालेले माग गरेको छ ।

वन जंगल सम्पदा जनशक्ति जमिन जडिबुटी लगायतका सम्पदाहरुको संरक्षण गरी तिनको सदुपयोग गरी अर्थतन्त्रलाई सुदृढ तुल्याउन हाल संशोधनका निम्ती तयार गरिएको सहकारी ऐनलाई सहकारी मैत्री बनाउन माग गरेको छ ।

संविधान संशोधनका नाममा जातीय खलल पार्ने राष्ट्रिय विखण्डन गर्ने कार्यप्रति सजग रहन अधिवेशन आम जनतालाई आग्रह गर्दै प्रस्ताव पारित गरिएको उपसमितिका सदस्य भरत भुषालले जानकारी दिए ।  

पदाधिकारीमा सहमति जुट्यो, सार्वजनिक भएन

तलैसम्म सहमतिको पहल जारी

नेकपा एमाले रुपन्देहीको जारी आठौं जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको पहल कायमै रहेकाले निर्वाचन प्रक्रिया लम्बिएको छ । पदाधिकारीहरुमा सहमति जुटेपनि अरु तलैसम्मका पदमा समेत सहमतिको प्रयास जारी रहेकाले एक दिन लम्बिएको बताइएको छ । पदाधिकारीमा जुटेको सहमतिलाई भने सार्वजनिक गरिएको छैन् । 

स्रोतका अनुसार अध्यक्षमा शिवराज सुवेदी, उपाध्यक्षमा पुरुषोत्तम घिमिरे, सचिवमा जागेश्वरी चौधरी र उप–सचिवमा गोपाल राना सर्वसम्मत भएका छन् । दुबै उप–महासचिवहरु विष्णु पौडेल र घनश्याम भुषालले आपसमा अंकमाल गर्दै पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउने प्रतिबद्धता गरी सहमति जुटाउने कसर गरेका थिए । जसका कारण पदाधिकारीमा सहमति जुटेको छलफलमा सहभागी एक नेताले बताए । 

नेताहरुले सोमबारको बन्दसत्रलाई सम्बोधन गर्दै समृद्ध मुलुक निर्माणका लागि आफुहरु एक भएर अगाडि बढ्ने र त्यसको जस पार्टीका सबै तहका नेता कार्यकर्ताले लिनेगरी नेताहरु एकढिक्का हुने प्रतिबद्धता जनाएका थिए । नेतृत्व चयनका लागि विभिन्न चरणमा भएका वार्ता र छलफलहरुमा दुबै उप–महासचिव, स्थायी समिति सदस्य छबिलाल विक, अञ्चल इन्चार्ज बैजनाथ चौधरी, केन्द्रीय सदस्य लिला गिरी, ठाकुर गैरे, नजिर मिया“, राधा ज्ञवाली, एकराज विक, खिमलाल भट्टराईलगायत प्रदेश कमिटिका विभिन्न नेताहरु सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली