कात्तिक ८, पोखरा | मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले पोखरा उपमहानगरपालिकालाई १ हजार थान सौर्य उर्जाबाट चल्ने बत्ती( सोलार लाइट) प्रदान गरेको छ । करिब १"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ८, पोखरा | मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले पोखरा उपमहानगरपालिकालाई १ हजार थान सौर्य उर्जाबाट चल्ने बत्ती( सोलार लाइट) प्रदान गरेको छ । करिब १"/>
2026-09-19 08:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल-चीन सम्बन्धको ६० औँ वर्षगाँठ, पोखराले पाउने भयो १ हजार थान सोलार लाइट

कात्तिक ८, पोखरा | मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले पोखरा उपमहानगरपालिकालाई १ हजार थान सौर्य उर्जाबाट चल्ने बत्ती( सोलार लाइट) प्रदान गरेको छ । करिब १५करोड मूल्यका सोलार लाइट प्रदान गर्ने सम्झौतामा सोमबार चीनको स्वशासित क्षेत्र तिब्बतको वैदेशिक मामिला  विभागका निर्देशक मा क्विनसिन र पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले  सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्  । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा सौर्य बत्ती परियोजनाका सहजकर्ता विश्वशंकर पालिखेको समुपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

संघका अध्यक्ष पालिखेका अनुसार सौर्य बत्ती परियोजना अन्तर्गत प्राप्त बत्तीहरु पोखराको प्रवेशद्धार विजयपुरदेखि हल्लनचोकसम्म जडान गरिने छ । आउने अंग्रजी वर्ष २०१७ को जनवरीबाट सुरु हुने जडान कार्य एक बर्ष भित्र पूरा गर्ने लक्ष्य रहेको छ । पोखरा उपमहानगरपालिकासँग भगिनी सम्बन्ध रहेको तिब्बतको लिञ्जी सहरको अनुरोधमा तिब्बत सरकारले सौर्य बत्ती परियोजनामा सहयोग गरेको हो ।

सोलार लाइट परियोजनाको सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतको वैदेशिक मामला विभागका निर्देशक मा क्विनसिनले नेपाल सरकारको एक चीन नीतिप्रतिको प्रतिवद्धताको सह्राना गरे  । नेपाल असल मित्र, सहयोगी र साझेदार भएको उल्लेख गर्दै उनले तिब्बतको सामाजिक आर्थिक विकासबाट नेपालले लाभ लिन सक्ने बताए ।पोखरालाई प्रदान गरिएको सौर्य उर्जाबाट चल्ने बत्तीहरुले यहाँको आर्थिक विकासमा सहयोग पुग्नेविश्वास ब्यक्त गरे ।  कार्यक्रममा बोल्दै पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले नेपाल र चीनबीचको लामो सम्बन्धको चर्चा गर्दै यो सम्बन्ध जनस्तरसम्म विकास गर्ने दिशामा अगाडि बढ्नु पर्नेमा जोड दिए । पोखरालाई सोलार लाइट प्रदान गरेकोमा उहाँले धन्यवाद पनि ज्ञापन गरे  ।

सो अवसरमा मन्तव्य व्यक्त गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले नेपाल र चीनबीच दौत्यसम्बन्ध स्थापना भएको ६०औँ वर्षगाँठको अवसरमा मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारकोतर्फबाट प्राप्त सहयोग उल्लेखनीय भएको बताए । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई