मोहम्मद ईजहार शेष | कात्तिक ९, परासी । नवलपरासीको बडहरा दुबौलिया गाविस वडा नम्बर ७ बडहरामा निर्माण गरिएको बडहरा खानेपानी तथा सरसफाई आयोजना अहिले लवारिस अवस्थामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष | कात्तिक ९, परासी । नवलपरासीको बडहरा दुबौलिया गाविस वडा नम्बर ७ बडहरामा निर्माण गरिएको बडहरा खानेपानी तथा सरसफाई आयोजना अहिले लवारिस अवस्थामा "/>
४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासी स्थित बडहरा दुबौलियाको खानेपानी आयोजना अलपत्र

९ कार्तिक २०७३, मंगलवार ०२:३८

मोहम्मद ईजहार शेष | कात्तिक ९, परासी । नवलपरासीको बडहरा दुबौलिया गाविस वडा नम्बर ७ बडहरामा निर्माण गरिएको बडहरा खानेपानी तथा सरसफाई आयोजना अहिले लवारिस अवस्थामा भएको छ । एक सर्वेक्षणले बडहरा गाँउका अधिकांस ह्यान्ड पाईपहरुमा आर्सेनिकको मात्रा बढि भएको पाईएपछि सरसफाई सम्बन्धि काम गर्ने एक संस्थाको आर्थिक सहयोगमा वि सं २०६३ सालमा बडहरामा खानेपानी ट्यांकी निर्माण गर्ने आयोजना स्वीकृत गरेको थियो ।

उक्त संस्थाको २८ लाख लगानीमा स्वीकृत गरेको ५ वर्षपछि मात्र बडहरा गाँउलाई खानेपानी पुग्ने ३५ सय लिटर क्षमताको खानेपानी आयोजना वि.सं २०६८ सालमा निर्माण कार्य सम्पन्न भएको हो । सो संस्थाले त्यति बेला रु ५० हजारको जगेडा कोष स्थापना गरि उक्त खानेपानी आयोजना बडहरा गाँउलाई हस्थतान्तरण गरेको बडहरा खानेपानी तथा सरसफाई आयोजना निर्माण ब्यवस्थापन समितिका अध्यक्ष दयाराम चौधरीले बताउनु भयो । तर उक्त आयोजनालाई अहिलेसम्म निर्माण समितिले नै जसोतसो चलाई रहेको छ । वि.सं २०७० सालवाट पानी प्रसोेधन गरी बडहरामा निर्माण २२ वटा सार्वजनिक धाराहरुवाट १ सय ४४ घरदुरीहरु ६ महिनासम्म खानेपानी उपभोग गरीरहेका थिए  । ६ महिना पछि विद्धुतको महशुल तिर्ने कुनै स्रोत नभएकाले उक्त खानेपानी आयोजना २०७३ साल जेष्ठसम्म बन्द रहेको थियो । सार्वजनिक धाराहरु भएकाले पानीको शुल्क लिने मिटर समेत जडान नगरिएकाले कुनै किसिमको शुल्क समेत उठाउने गरिएको छैन । अहिले बडहरा खानेपानी तथा सरसफाई आयोजनालाइ ५० हजारभन्दा बढि बिद्धुत शुल्क तिर्न बाकी रहेको छ ।

निर्माण समितिका अध्यक्ष दयाराम चौधरीकै लालपुर्जा धरौटीमा राखी विद्धुत जडान गरिएकाले विद्धुत शुल्क नतिरेको हुँदा र तिर्न कुनै स्रोतपनि नभएको हुँदा फेरी खानेपानी आयोजना बन्द गर्नुपर्ने अवस्था आएको चौधरीले बताउनु भयो । उपभोक्ताहरु सार्वजनिक धारावाट पानी खाईरहेकाले खानेपानी आयोजना कसरी चलाउने नचलाउने बारे ध्यान नदिएको उँहाको गुनासो छ । आर्थिक रुपले खानेपानी आयोजनाको स्थित एकदमै नाजुक रहेकाले सञ्चालक समिति निर्माण गरि कसैलेपनि जिम्मेवारी लिन नचाहेको निर्माण समितिका अध्यक्ष चौधरीले बताउनु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा रेमो डिसूजा, उनकी पत्नी सहित अन्य पाँच जनामाथि ठगीको उजुरी मलाई अदालतले न्याय दिनेछ: रवि लामिछाने रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी ओमानका कप्तान अकिब ल्यास विराटनगर किङ्सबाट एनपीएल खेल्ने अन्तर्राष्ट्रिय फुटबलमा मेसीको अर्को नयाँ कीर्तिमान एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : प्रकाशमान सिंह आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड सोमपाल नायक बन्दा सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो श्रृंखला नेपाल र अमेरिकाको रोमाञ्चक खेल सुपर ओभरमा लुका मोड्रिचले कीर्तिमान राखेको खेलमा रियलको जित अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता, करण केसीले लिए विकेट एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन प्रचण्डको सुझाव आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै