(रमेश गिरी) | कात्तिक ९, भक्तपुर | कतार र मलेसियामा भन्दा स्वदेशमै राम्रो कमाइ हुने भएपछि नगरकोट नगरपालिका ताथली–२ बाला टोलका जयराम बालाले गाउँमै फर्किएर फूलखेती गर्न थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (रमेश गिरी) | कात्तिक ९, भक्तपुर | कतार र मलेसियामा भन्दा स्वदेशमै राम्रो कमाइ हुने भएपछि नगरकोट नगरपालिका ताथली–२ बाला टोलका जयराम बालाले गाउँमै फर्किएर फूलखेती गर्न थ"/>
2026-09-19 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदेशमा भन्दा स्वदेशमै कमाइ बढी

(रमेश गिरी) | कात्तिक ९, भक्तपुर | कतार र मलेसियामा भन्दा स्वदेशमै राम्रो कमाइ हुने भएपछि नगरकोट नगरपालिका ताथली–२ बाला टोलका जयराम बालाले गाउँमै फर्किएर फूलखेती गर्न थालेका छन् । 

नजिकिँदै गरेको तिहारका लागि आवश्यक पर्ने मखमली फूलको माला गाँस्न र बजारमा लैजान व्यस्त बालाको परिवारले मखमली फूलबाटै मनग्ये आम्दानी गर्न थालेको छ । पाँच वर्ष कतारमा र सात वर्ष मलेसिया बसेर स्वदेश फर्किएका बालाले फूलखेतीबाटै कतार र मलेसियाभन्दा बढी आम्दामी हुने भएपछि अब विदेश नजाने निर्णय गरिएको जानकारी दिए । 

जयराम भन्छन्– “कतार र मलेसियामा महिनाको रु २५ देखि ३० हजार कमाउन सकिन्थ्यो, यता आफ्नै गाउँमा फूल र तरकारी खेती गर्दा महिनाको रु ४० देखि ५० हजार कमाउन सकिने रहेछ, त्यसैले अब म कामका लागि विदेश जान्न, यतै तरकारी र फूलखेती गरेरै राम्रो कमाइ गर्छु ।” यस वर्ष एक रोपनी आधा जग्गामा मखमली फूलको खेती गर्दा चार हजार पाँच सय माला तयार गरिएको बताउँदै उनले यसबाट रु एक लाखभन्दा बढी आम्दानी हुने जानकारी दिए । 

उनकै श्रीमती शोभाले आठ वर्षदेखि मखमली फूलको खेती गरेकी छन् । शोभाले भनिन्, “यहाँ दुई आना जग्गामा फूल खेती गर्नेले पनि एक सिजनमा रु ३० हजार कमाउँछन्, राम्रोसँग फूलखेती गर्न सके एक रोपनी जग्गामा रु ७० हजारदेखि एक लाखसम्म आम्दानी गर्न सकिन्छ, त्यसैले श्रीमान्लाई विदेशबाट गाउँमै बोलाएको हुँ ।”

भारतबाट आयात हुने फूल र माला रोकेर सरकारले नेपालकै मात्र फूल बिक्री गर्ने नीति बनाए अहिलेको भन्दा दोब्बर आम्दानी हुने र धेरै किसानले बिदेसिनु नपर्ने उनको तर्क छ । 

बाला दम्पती मात्रै होइन फूलखेतीबाटै मनग्य आम्दानी हुने भएपछि यहाँका अन्य बासिन्दा पनि फूलखेतीतर्फ आकर्षित भएका छन् । आठ वर्षदेखि मखमली फूलखेती गर्दै आएका बालाटोलकै सन्तमाया बालाले पनि यस वर्ष रु ८२ हजारको माला उत्पादन गरेकी छन् । उनले भनिन्, “घर घरमै फूलको माला लिन आउनेलाई रु ४२ हजारको माला बेचियो, अझै रु ४५ हजार जतिको माला तयार छ, अब आफै बजारमा लगेर बिक्री गर्छु ।” 

मखमली फूलको खेती गर्ने जग्गामा मकै र भटमास समेत उत्पादन गर्न सकिने भएपछि किसानले एउटै याममा एउटै जग्गाबाट दोहोरो आम्दानी गर्ने भएकाले यसतर्फ आकर्षण बढेको हो । बाला टोलकै दिलमाया बालाले आधा रोपनी जग्गामा गरिएको मखमली फूलबाट रु ३० हजार आम्दानी भएको जानकारी दिइन् । 

किसानले बजारमा आफैँले लैजाँदा एउटा मालाको रु ४० देखि १०० सम्म बिक्री हुन्छ भने गाउँमै लिन आउने व्यापारीले एउटा मालाको रु १८ देखि २० सम्म दिने गरेका छन् । रोग लाग्न थालेपछि फूलमा औषधि राख्नुपर्ने तथा एक रोपनी जग्गामा फूलखेती गर्दा करिब रु २५ हजार खर्च हुने र बढीमा एक लाखसम्मको फूल उत्पादन हुने किसानको भनाइ छ । 

फूल खोज्दै गाउँ गाउँमै काठमाडौँ उपत्यकादेखि पोखरासम्मका व्यापारी आउने गरे पनि आफूले खोजे अनुसारको मूल्य नपाउने बताउँछन् । जिविस भक्तपुरको स्थानीय विकास कोषले आठ वर्ष अगाडि यहाँका महिलालाई सङ्गठित गरेर मखमली र सयपत्री सामुदायिक संस्था सञ्चालनमा ल्याएपछि फूलखेतीमा यहाँका किसान आकर्षित भएका हुन् । 

कोषका सदस्य सचिव राजन शर्माले भने, “घरको प्रयोगका लागि मात्रै फूल लगाउने यहाँका बासिन्दालाई सामुदायिक संस्था गठन गर्न लगाएर तालिम दिने, फूलखेतीको अनुगमन गर्ने, विशेषज्ञको टोली लगेर कार्यक्रम सञ्चालन गर्ने, औषधि हाल्ने स्प्रे लगायत सामग्रीसमेत वितरण गर्दै फूलखेतीतर्फ आकर्षित गरेका हौँ ।” रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई