2026-09-19 12:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेपलाञ्चोकमा स्थानीय तहको पुनः संरचनाको अझै टुङ्गो लागेन

कात्तिक ९, बनेपा । प्रमुख दलबीचको विवादका कारण काभ्रेपलाञ्चोकमा स्थानीय तहको पुनःसंरचनाको अझै टुङ्गो लागेको छैन । 

केही दिन अघि एक उपमहानगरपालिकासहित १२ तहमा सैद्धान्तिक सहमति भए पनि भोट बैंकको मुद्दाले प्राथमिकता पाएपछि स्थानीय तहको पुनःसंरचना टुङ्गोमा पुग्न नसकेको राजनीतिक दलले जनाएका छन् । 

नेकपा (एमाले) का उपाध्यक्ष अशोक व्याञ्जुले नयाँ कार्यविधि बनाउने प्रमुख दलको सहमति भएपछि पुनः संरचनाको विषय स्थगन भएको उल्लेख गर्दै नयाँ कार्यविधि आइसकेकाले केही दिनमा नै टङ्गोमा पुगिने बताउनुभयो । 

नयाँ कार्यविधिमा ११ देखि १५ सम्मको स्थानीय तह पुनःसंरचनाको विषय आएको जानकारी दिँदै उहाँले दलहरुबीच पुनः छलफलको तयारी भएको बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोकका अध्यक्ष दिनानाथ गौतमले सीमा र सङ्ख्याको विवादका कारण सैद्धान्तिक सहमति भए पनि काँग्रेस निर्णयबाटपछि हटेको आरोप लगाउँदै उपमहानगरपालिका बनाउने वा नबनाउने विषयमा फरक/फरक मत आएको बताउनुभयो । 

नेपाली काँग्रेसका कार्यसमिति सदस्य महेश पौडेलले नयाँ कार्यविधि आएपछि एक सातामा नै पुनःसंरचनाको टङ्गो लाग्ने उल्लेख गर्दै भोट बैंकको विषयले भूगोलमा प्राथमिकता पाएको धारणा राख्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई