एजेन्सी । भारतको हैदरावादको शास्त्रीपुरम इलाका कुकुरसँग अप्राकृतिक मैथुन (बलात्कार) गर्ने असलम खानलाई प्रहरीले पक्राउ गरेको छ । दिल्लीमा बस्दै आएका खान साथीलाई भेट्न शास्त्रीपुरम पुगेका थिए ।

शास्त्रीपुरमा बस्ने जहाँगीरको घरपालुवा कुकुर बिहान करिब ८ बजेको समयमा एक्कासी कराएपछि उनले आफ्ना छोरालाई कुकुरको अवस्था बुझ्न पठाएका थिए । छोराले कुकुर कराएको ठाउँमा हेर्दा असलम कुकुरसँग अनैतिक सम्बन्धमा थिए ।

परिवारका सदस्यले असलमलाई कराएपछि उनी त्यहाँबाट भागेका थिए । केहीबेरमा स्थानीयले पक्राउ गरी उनलाई प्रहरीको जिम्मा लगाएका थिए ।

यसैबीच उक्त घटनापछि घाइते भएको कुकुरको ज्यान गएको छ । मृत कुकुरको पोष्टमार्टममा लागि पशुअस्पताल पठाइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।