होम साउद | कात्तिक ९, अछाम | मंगलसेन नगरपालिका अछामले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ६ लाख ५४ हजार ३४ रुपैंयाँ आन्तरिक आम्दानी गरेको छ । मंगलवार नगरपालिकामा आयोजीत त्रैमासिक समिक्षा बैठकको अवसरमा कार्यालयले चालु आर्थिक वर्षको साउन १ गते देखी असोज मसान्त सम्म बिभिन्न शीर्षकमा उक्र रकम नगरपालिकाले आम्दानी गरेको जनाएको हो ।
कार्यालय मार्फत चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा आन्तरिक आम्दानी तर्फ स्थानिय कर २ लाख ७४ हजार २ सय ७९, सम्पति कर २ लाख ५५ हजार २ सय ९२, एकिकृत सम्पति कर २ लाख ५७ हजार ६ सय ५०, भाडा तथा बहालवाट आएको रु २ लाख २७ हजार २ सय दस्तुर १ लाख ५२ हजार ५ सय ५५ संकलन भएको जनाईएको छ । यस्तै अन्य बिभिन्न शीर्षकहरु (दर्ता तथा नविकरण, बक्यौता, दस्तुर, ब्यावसाय कर, बहाल कर आदी) वाट गरि उल्लेखीत ६ लाख ५४ हजार ३४ बरावर आम्दानी नगरपालिकाका सूचना अधिकारी नरेश बहादुर कठायतले जाँनकारी दिए । नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद जैशी (ढुंगाना)को अध्यक्षतामा भएको उक्त त्रैमासिक समिक्षा बैठकमा कार्यालय मार्फत सामाजिक सुरक्षा भत्ता ३ हजार ३ सय ६५ जना लाभग्राहीलाई बितरण गरिएको पनि जाँनकारी दिईयो । जस अन्र्तगत तोकिएको मापदण्डमा रहि १ करोड ४९ लाख २८ हजार ८ सय रुपैयाँ बितरण भईसकेको सूचना अधिकारी कठायतले जाँनकारी गराए । उनले सामाजिक सुरक्षा भत्ताको लागि मंगलसेन नगरपालिकामा १ करोड ७३ लाख २७ हजार प्राप्त भएकोमा २३ लाख ९८ हजार २ सय बाँकी रहेको पनि जाँनकारी गराए ।
यस्तै ३ महिनाको अवधिमा कार्यालयमा जन्म दर्ता १५२ जना, मृत्यूदर्ता ४२ जना, बिवाह दर्ता ४४ जोडी र बसाई सराई ७२ जनाको भएकोमा दर्ता २० परिवारको गरिएको पाईएको छ । नगरपालिकाले ३ महिनाको अवधिमा ५ सय १६ जनाको नागरिकता प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेको छ । कार्यालय मार्फत पहिलो ३ महिनाको अवधिमा कुनै पनि भौतिक निर्माण तर्फका योजनाहरुको काम अगि नवढेको तर दशैं तिहारको बिचमा नगरपालिकाले आफ्नै डोजरवाट सबै वडा जोड्ने ग्रामिण सडकहरु मर्मत सम्भार गरि गाडी चल्ने बनाइएको जाँनकारी गराएको छ । उक्त त्रैमासिक समिक्षा तथा सर्वपक्षीय बैठकमा नगरपालिका भित्रका समाजसेवी, राजनीतिज्ञ, ज्येष्ठ नागरिक, वडा नागरिक मंचका संयोजकहरु लगायतको सहभागिता रहेको थियो ।
यस्तै नगरपालिका अन्र्तगतको वडानम्वर ३ मा पर्ने मंगलसेन चित्रे सडक खण्ड तथा वडानम्वर ५, ८, ९, १० र ११ मा पर्ने मंगलसेन जुपू सडक खण्डको लागी ग्रामिण पहुंच कार्यक्रम तेस्रो चरण मार्फत बिशेष सडक मर्मत समूह गठनका लागि छलफल पनि भएको छ । जसमा मंगलसेन चित्रे सडक खण्डमा २५ जनालाई २ वटा समूहमा र मंगलसेन जुपू सडक खण्डमा ३१ जनालाई २ वटा समूहमा बिभाजन गरी कामदार छनौट गरिने भएको छ । ४ वटै समूह गठनका लागि सर्वदलिय सर्वपक्षीय बैठकवाट मंगलसेन चित्रे खण्डको दय र तिखडामा १० गते कामदार छनौट तथा समूह गठन गरिने र मंगलसेन जुपू खण्डको धुराली र जाल्पादेवी प्रावि ज्ञानेगौंडीमा ११ गते सरोकारवालाको भेला गराई कामदार छनौट तथा समूह गठन गरिने निर्णय भएको छ । तिं समूहहरुले ३ महिनासम्म र्याप थ्रि को मापदण्डअनुसार सडक मर्मत तथा सरसफाई गर्नुपर्ने बताईएको छ । सर्वपक्षीय/सर्वदलिय बैठकको अवसरमा उपस्थित सहभागि सरोकारवालाहरुले तिहारको अवसरमा शुभकामना आदान प्रदान समेत गर्नुभएको थियो । उक्त बैठकमा नेपाली काँग्रेसका कम्मानसिंह नगार्जी, एमालेका बृख बोगटी, माओवादी केन्द्रका शिव बोगटी, राप्रपाका कालु ओड, राप्रपा नेपालका सेते कामी, मालेका जोगी ढोलि, राष्ट्रिय जनमोर्चाका नन्दसिंह बोहरा, र्याप थ्रि का प्रतिनिधी ध्रुव कुमार खड्का, समाजसेवी कर्ण केसी, चन्द्र बोहरा, सहदेव ढुंगाना, चन्द्रमणि भाट, जिल्ला युवा संजालका अध्यक्ष होम साउद, पत्रकार बिष्णु भण्डारी लगायत राजनीतिज्ञ, समाजसेवी, वडा नागरिक मञ्चका संयोजकहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । उक्त सर्वपक्षिय बैठकको सहजिकरण मंगलसेन नगरपालिकाका सूचना अधिकारी नरेश बहादुर कठायतले गर्नुभएको थियो ।