२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सन्दीपको भिसा लाग्ने विश्वासमा आइसीसीलाई क्यानले बुझायो १४ जनाको नाम भएको सूची

२०८१, १४ जेष्ठ सोमबार १२:२४

जेठ १४, काठमाडौँ । अमेरिका र वेस्टइन्डिजद्वारा संयुक्त रुपमा आयोजित टी-२० क्रिकेट विश्वकप चार दिनपछि  सुरु हुँदै छ।

१० वर्षपछि दोस्रोपटक नेपाल  टी-२० विश्वकपमा सहभागी हुँदै छ। त्यसका लागि नेपाली क्रिकेट खेलाडीहरु अमेरिका पुगिसकेका छन् र अभ्यास खेलमा सहभागी हुँदै छन्। 

क्यानले क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार आरोपमा सफाइ दिएपछि उनलाई अमेरिका पठाउने तयारी गरेको थियो। त्यसका लागि अमेरिकी भीसाका लागि आवेदन दिए पनि सन्दीपले भीसा पाउन सकेनन्।


तर सन्दीपको भिसा लाग्ने विश्वासमा क्यानले हाल १४ जनाको नाम भएको सूची मात्र बुझाएको बताइएको छ। अमेरिकाले यसअघि सन्दीपलाई भिसा दिन अस्वीकार गरेपछि क्यान पदाधिकारीहरू उनलाई भिसा दिलाउन पुनः प्रयासरत छन्। त्यसका लागि पदाधिकारीहरूले नेपाल सरकारमार्फत् प्रयत्न गरिरहेका छन्।

त्यसैले जेठ १२ (मे २५ तारिख) मा क्यानले आईसीसीमा १५ सदस्यीय खेलाडीको अन्तिम सूची दर्ता गर्नु पर्नेमा १४ सदस्यीय टोलीको नाम मात्र बुझाएको छ ।

आइसीसीलाई अनुरोध गरेर हाल १४ जना खेलाडीको नाम बुझाएको र आईसीसीले केही दिनका लागि पर्खन सहमति दिएको क्यानका खेलाडी छनोट समितिका संयोजक दीपेन्द्र चौधरीको भनाइ रहेको बीबीसी नेपालीले जनाएको छ।

सन्दीपले भीसा पाएमा उनी खेलमा सहभागी हुन पाउने र टोलीसँगै अमेरिकामा रहने एक जना वैकल्पिक खेलाडीमा पर्ने भएका छन् । वैकल्पिक खेलाडीमा परेका उनी विश्वकपभर टीममै रहने छन् । यदी सन्दीपको भीसा नलागे हाल टोलीमा रहेका १५ सदस्यले विश्वकप खेल्ने छ ।


अमेरिकामा रहेका १५ मध्ये १४ जनाको नामको सूची बुझाए पनि कसको नाम निकालियो भन्नेबारे क्यानले सार्वजनिक गरेको छैन । क्यानको योजनाअनुसार लामिछानेको भिसा लागेमा मात्र अर्का खेलाडीको नाम थाहा हुने छ।

यदी सन्दीपको भीसा लागेमा बलरहरुमध्येबाट एक जना बैकल्पिकमा पर्ने सक्ने अनुमान गरिएको छ। हाल नेपाली टोलीमा स्पिनरहरू ललितनारायण राजवंशी, सागर ढकाल छन् भने सोमपाल कामी, करण केसी, कमलसिंह ऐरी, गुलशन झा तीव्र गतिका बलर हुन् ।त्यस्तै  'पार्ट-टाइम' स्पिनरहरूमा दीपेन्द्र सिंह ऐरी, कप्तान रोहित पौडेल, कुशल मल्ल र कुशल भुर्तेल रहेका छन् ।

अमेरिका र वेष्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने खेलमा नेपालले पहिलो खेल जुन ४ (१९ गते शनिबार) मा नेदरल्याण्डससँग खेल्ने छ। त्यस्तै जुन १२ मा श्रीलंका र जुन १५ मा दक्षिण अफ्रिकासँग खेल्ने छ। त्यस्तै जुन १७ मा नेपालको खेल बंगलादेशसँग छ । समूह चरण पार गरे त्यसपछिका खेलहरु नेपालले खेल्ने छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै