2026-10-31 12:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एम्बाप्पेको रियल म्याड्रिडसँग सम्झौता

जेठ २१, काठमाडौँ । फ्रेन्च फुटबलर किलीयन एम्बाप्पे अन्तत: रियल म्याड्रिड जाने निश्चित भएको छ । एम्बाप्पेले रियल म्याड्रिडसँग फ्री-ट्रान्सफरको सम्झौता गरेका हुन् ।

२५ बर्षिय एम्बाप्पेको पिएसजीमा जुन ३० मा सम्झौता सकिदै छ । त्यसपछि उनी रियल म्याड्रिड जाने सम्झौता गरेको फुटबल पत्रकार फाब्रिजियो रोमानोले जानकारी दिएका छन् । रियल म्याड्रिडले एम्बाप्पेलाई भित्र्याएको घोषणा केहि दिनमा गर्ने उनले जानकारी दिएका छन् ।

रियल म्याड्रिडले यस सिजनको च्याम्पियन्स लिग जितेसँगै एम्बाप्पेसँग सम्झौता गरेको उनले बताएका छन् ।

मिडिया रिपोर्टका अनुसार रियल म्याड्रिडले एम्बाप्पेलाई फ्रि-ट्रान्सफरमा साइन गरेपनि उनलाई करिब ११० मिलियन डलर साइनिङ रकम दिने बताइएको छ । रियल म्याड्रिडले एम्बाप्पेलाई पछिल्लो सात बर्षदेखी भित्र्याउने प्रयासमा रहेको थियो ।

उनले यस अघि नै पिएसजीका फ्यानहरुलाई एक पोष्ट लेख्दै आफुले क्लब छोड्ने जानकारी दिएका थिए ।

२०१७ मा फ्रेन्च क्लब मोनाकोबाट लोंमा पिएसजी आएका एम्बाप्पे २०१८ देखि पिएसजीको खेलाडी बनेका थिए । अहिलेसम्म पिएसजीका लागि उनले ३०८ खेलमा २५६ गोल गरेका छन् । पिएसजीमा रहदा उनले ६ सिजन फ्रेन्च लिग जितेका छन् भने चार सिजन फ्रेन्च कोपा डे जितेका छन् । त्यस्तै २०१९-२० सिजनमा पीएसजी च्याम्पियन्स लिगको उपविजेता बनेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना